Radio Audio Program

Find us on Facebook

Updates

५६ वर्षपछि खुल्ने भो चाबी

असार, काठमाडौं । अमेरिका तथा क्युबाबीच सम्बन्ध सुधारको सिलसिला जारी छ । यही सिलसिलामा अब यी दुई देशले फेरि एक–अर्को देशमा आफ्नो दूतावास खोल्ने घोषणा हुने भएको छ  ।

क्युबाको राजधानी हवानामा अमेरिकी दूतावास खोल्ने घोषणा अमेरिकी राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री जोन केरीले बिहीबार गर्ने अपेक्षा छ । यही अनुसार क्युबाले पनि अमेरिकामा दूतावास खोल्ने घोषणा गर्ने तयारी गरिरहेको छ ।

केही दिनअघि मात्र अमेरिकी राष्ट्रपति बाराक ओबामाले क्युबाबारे दशकौँ पुरानो अमेरिकी नीति बदल्ने र दुई देशको सम्बन्ध सुधार अहिलेको अपरिहार्यता भएको बताएका थिए भने क्युबाका राष्ट्रपति राउल क्यास्ट्रो पनि सहमत थिए । 

गत डिसेम्बरमा क्युबासँग अलग हुने नीति छाडेर नयाँ शिराबाट सम्बन्ध सुरु गर्ने बताउँदा विश्वले ओबामाको अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय जगतले स्वागत गरेको थियो । त्यतिवेला उनले भनेका थिए, ‘बितेका ५० वर्षले अलग हुने नीतिको कुनै काम नभएको साबित भै सकेको छ । 

अब नीति बदल्ने समय आएको छ ।’ उनले दुई देशबीच यात्रा, व्यापार तथा सूचना बढाउने र हवानामा दूतावास खोल्ने कुरा त्यतिवेलै बताएका थिए ।त्यसपछि यी दुई देश सम्बन्ध सुधारको कूटनीतिक प्रयास भैरहेको थियो र यस विषयमा केन्द्रित भई अप्रिलमा ओबामा र क्यास्ट्रोबीच पनि भेटघाट भएको थियो । 

अमेरिकाले क्युबालाई आतंकवादीलाई सहयोग गर्ने देशको सूचीबाट हटाएको पनि लामो भएको छैन । यी दुई देशले एक अर्काप्रति लगाएका व्यापारिक प्रतिबन्ध पनि हटाएका छन् ।

सन् १९५९ मा क्युबामा भएको क्रान्तिपछि दुई देशबीचको सम्बन्ध टुटेको थियो । नयाँपत्रिका दैनिक

 

Post Comment

Radio Audio Live