Radio Audio Program

Find us on Facebook

Updates

भारतीय अतिक्रमणको पराकाष्ठा पूर्वका ८२१ सीमास्तभ गायबैं ।

असार, काठमाडौं ।  पूर्वका आठ जिल्लामा नेपाल र भारतबीच रहेका आठ सय २१ सीमास्तम्भ गायब पारिएका छन् । त्यस क्षेत्रमा जंगे पिलर सहित ४६ सीमास्तम्भ भारतले अतिक्रमण गरेको छ ।

 पूर्वी नेपालका सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा, इलाम, पाँचथर र ताप्लेजुङमा भएका दुई हजार ६ सय २८ सीमास्तम्भमध्ये आठ सय २१ गायब भएका छन् ।

पूर्वका विभिन्न जिल्लामा ४६ सीमास्तम्भ भारतले अतिक्रमण गरेको सीमा निगरानीका लागि जिम्मा पाएको सशस्त्र प्रहरीको उच्च स्रोतले उल्लेख गरेको छ ।

 सरकारले सीमाको सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई दिएपछि उसले गरेको अध्ययन र सीमा निरीक्षणका क्रममा भारतले नेपाली भूभाग अतिक्रमण गरी सीमास्तम्भ गायब पारेको सशस्त्र प्रहरीका ती उच्च अधिकृतले नाम नछाप्ने सर्तमा अन्नपूर्णलाई बताए ।

 अन्नपूर्णलाई प्राप्त जानकारीअनुसार सबैभन्दा बढी सप्तरीका सीमास्तम्भ गायब पारिएका छन् ।

सप्तरीका ६ सय ५० सीमास्तम्भमध्ये चार सय १३ गायब छन् । सप्तरीमा एउटा मुख्य सीमास्तम्भ (जंगे पिलर), पाँचवटा सहायक सीमास्तम्भ र २२ साना सीमास्तम्भ भारतले अतिक्रमण गरेको छ ।

सप्तरीकै १३ मुख्य सीमास्तम्भ, २ सय ५० सहायक सीमास्तम्भ र एक सय ५० साना सीमास्तम्भ गायब छन् ।

झापा सीमा क्षेत्रका ८ सय ७८ सीमास्तम्भमध्ये २६ वटा मुख्य (जंगे पिलर) र साना एक सय ९२ गायब छन् भने २ वटा रिफ्रेन्स सीमास्तम्भ भारतले अतिक्रमण गरेको छ ।

सिराहा सीमा क्षेत्रका ३ सय ८८ सीमास्तम्भमध्ये एउटा मुख्य र ६६ साना सीमास्तम्भ गायब पारिएका छन् । त्यसमध्ये तीनवटा मुख्य र १२ वटा साना सीमास्तम्भ भारतले अतिक्रमण गरेको छ ।

सबैभन्दान बढी सप्तरीका सीमास्तम्भ गायब पारिएका छन् ।

सुनसरी सीमा क्षेत्रका २ सय ९० सीमास्तम्भमध्ये ४ मुख्य, २२ सहायक र २० साना गायब छन् ।

मोरङ सीमा क्षेत्रका एक सय २४ सीमास्तम्भमध्ये ३ मुख्य, ४ सहायक र २९ साना गायब छन् । मोरङको सीमा क्षेत्रमा पर्ने एउटा रिफ्रेन्स सीमास्तम्भ भारतले अतिक्रमण गरेको छ ।

इलाम सीमा क्षेत्रका एक सय ४६ सीमास्तम्भमध्ये एउटा मुख्य, १३ सहायक र २५ साना गायब पारिएका छन् । पाँचथरमा पर्ने ९४ सीमास्तम्भमध्ये ८ मुख्य, एउटा सहायक र ८३ साना गायब पारिएको पत्ता लागेको छ ।

चीन र भारत दुवै देशसँग सिमाना जोडिएको ताप्लेजुङमा पर्ने ३७ सीमास्तम्भमध्ये भारत—नेपालतर्फको एउटा सहायक र एउटा सानो गायब छन् ।

भारतले जंगे पिलरसहितका सीमास्तम्भ अतिक्रमण गरी नेपाली भूभाग कब्जा गर्दासमेत सरकारले कुनै चासो नदेखाएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन् ।

नेपाली सिमानामा भूभाग हडप्ने उद्देश्यका साथ सीमास्तम्भ भारतले गायब पारेको आरोप सीमा क्षेत्रका नेपालीको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी पुष्पराम केसीले नेपाल—भारत सीमामा रहेका सीमास्तम्भको खोजी गर्न सशस्त्र प्रहरी परिचालन गरिएको बताए ।

सशस्त्रले सीमास्तम्भहरूको निगरानी र सुरक्षा गरिरहेको दाबी उनले गरेका छन् । तर उनले दसगजा क्षेत्रमा गायब पारिएका सीमास्तम्भ बारेमा केही बताउन चाहेनन् ।

नापी विभागका प्रवक्ता अनिल मरासिनीले धेरै सीमास्तम्भ भारतले अतिक्रमण गरेको र धेरैजसो सम्बन्धित स्थानमा नभेटिएकाले विराटनगर, वीरगन्ज तथा भैरहवामा विभागले तीनवटा टोली परिचालन गरी खोजीकार्य गरिरहेको बताए ।

उनले आगामी आर्थिक वर्षको सुरुमै जीर्ण सीमास्तम्भको मर्मत र हराएकाको खोजी गरी पुनर्स्थापनाकार्य सुरु गर्ने बताए । अन्नपूर्णपोष्ट

Post Comment

Radio Audio Live