Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
घरका भित्रका हुन या बाहिरका महिला रिसाउँदा के गर्ने ?
असार, काठमाण्डौ
रिसाई रहेकी आफ्नी केटी साथीलाई मनाउन होस या कुनै महिलालाई आफ्नो बनाउन यी दुबै कुरा त्यति सजिलो छैन । दुईजना बिचको सम्बन्धलार्ई ताजै राख्न उसका बानि व्यहोराको बारेमा ख्याल गर्नु पर्छ ।तब मात्र उनी रिसाउँदा सजिलै सँग आÏनो बनाउन सकिन्छ ।
कसैलाई प्रोत्साहन गर्नु आफ्नो बनाउनु सजिलो कुरा छैन । हरेक महिला साना साना कुरामा खुशी खोज्छन् । यसको लागि पुरुषलाई उनीहरुको कुनै साइकोलोजिकल किताब या त्यस सम्बन्धी अध्ययनको खाँचो पर्दैन । बस यस्ता साना साना कुराको ख्याल गरेर नातामा आÏनोपन ल्याउन र मायालाई दरिलो बनाई राख्न सकिन्छ । त्यसका लागि निम्न कुरामा ध्यान दिनुहोस्
१.माया व्यक्त गर्नुहोस्–
महिलाहरु माया र प्रशंशाका भोका हुन्छन् आÏनो बारेमा राम्रा कुरा मात्रै सुन्न चाहन्छन् । त्यसैले उनीहरुले गरेका काम प्रति तिखो व्यङ्ग्य नगरी घुमाउरो तरिकाले प्रशंसा गर्नुहोस् । उनिहरुलाई यस्तो अनुभव नहोस्की मैले गरेको कामले उसको चित्त दुखेको छ या मन परेको छैन भन्ने कुरा । तपाईको व्यवहारले अनुहारकोहाउभाउ ले पनि ।
२.उपहार दिनुहोस् –
लाउन र खानका सौखिन हुन्छन् महिलाहरु कुनै नयाँ चिज बजारमा देखे भने त्यसलाई पाउन उनीहरु आतुर भएका हुन्छन् । त्यसैले मौका छोपेर अवस्था हेरेर वा जन्म दिनको निउ पारेर, वा कुनै चाडबाडको अबसरपारे उनिहरुलाई त्यस्ता बस्तुहरु किनी उपहार भनेर दिनुहोस् । चाहे त्यो गहना होस्, चाहे कपडा होस्, चाहे जुत्ता चप्लहोस् या मोबाइलनै किन नहोस् ।
३.सरप्राइज दिनुहोस्–
महिलाहरु निकै भावुक हुन्छन् । कुनै कुनै कुरा पाउन उनीहरुले समय कुरेर बसेका हुन्छन् । तर कर गरेर भन्न सकेका हुँदैनन् । त्यस्ता कुराहरुको ख्याल गरी राख्नुहोस् । यस्तै मौका पारेर उनिहरुलाई ति वस्तु किनेर ल्याइदिनुहोस् । नौला ठाउँमा घुम्न लैजानुहोस् जहाँ उनीहरुले भनेकै नहुन् । र कहिल्यै नखाएको खानाहरु ख्वाउनुहोस् ताकी घर गएर फेरी बनाएर खान नपरोस् ।
४.प्रसंशा गर्नुहोस्–
महिलाहरु प्रशंशाका भोका हुन्छन् । तसर्थ उनीहरुले गल्तीनै गरेपनि तत्काल त्यसप्रति प्रतिक्रिया नजनाउनुहोस् । उनीहरुले गरेका हरेक कामप्रति सकारात्मक भई दिनुहोस् । उनीहरुको अंग अंगको बयान गर्नुहोस्, कामको प्रशंसा गर्नुहोस्, उनीहरुले बनाएको खानेकुराको बखान गर्नुहोस्, उनीहरुको माग विना मनपराउने चिज बस्तु किनिदिनुहोस्, श्रृङ्गारका सामान किनि दिनुहोस् ।
५.उनीहरुको मन पर्ने ठाउँमा घुमाउन लैजानुहोस्–
स्वभावैले पुरुष भन्दा स्त्री हरु घुम्न फिर्न, मनपरेको चिज खाइरहन, नयाँ बस्तु उपभोग गर्न रुचाउने हुन्छन् । त्यसैले उनीहरुलाई मन पर्ने ठाउँमा घुम्न लैजानुहोस् । बजारमा लगेर नयाँ नयाँ खालका पोशाक किनिदिनुहोस्, र मीठा मीठा खानेकुरा ख्वाउनु होस् । जसले गर्दा उनीहरु तपाईको व्यवहार देखेर खुशी हुनेछन् । हुनत पुरुषहरुलाई यस्ता कार्यमा संलग्न हुन झन्झट मान्छन् तर कहिले काही अरुको खुशीको लागि पनि इच्छा बिपरित काम गर्नु पर्ने हुन्छ । विचार पु¥याएर यस्ता काम गर्नुहोेस् । ताकी सम्बन्ध नधमिलियोस् ।
६.उनीहरुको कुरालाई राम्ररी सुनिदिनुहोस् –
क्ुरा गरिरहने महिलाको बानी हुन्छ । जसले धेरै जसो पुरुष हैरान हुन्छन् । तर उनीहरुलाई प्रोत्साहन गर्नको लागि उनीहरुको कुरा लाई राम्ररी ध्यान दिएर सुनिदिनु पर्छ र तत्काल कुनै प्रतिक्रिया जनाउनु हुँदैन । राम्ररी कुरा सुनेपछि पछि सल्लाह सहितको प्रतिक्रिया जनाउनु होस् ।
७.समय निकाल्नुहोस्–
महिलाहोस् या केटी मान्छे हर समय व्यस्त रहन मन पराउँदैनन् । केही समय भएपनि घुम घामको लागि बाहिर निस्कनु होस् ।
८.परिवारका साथ सामेल गरिदिनुहोस्–
लाज मान्ने बानी भएका पुरुष पारीवारिक मामलामा टाढा रहन खोज्छन् । तर केटीसाथीलाई प्रोत्साहन गर्नु छ भने त्यसका लागि परिवारको सहायताको आवश्यक पर्छ । त्यसका लागि घरमा सानो कार्यक्रम राखी दिनु पर्छ ।





Post Comment