Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
एक सकेन्ड रोकिँदैछ समय के साँच्चै होला त ?
असार, काठमाडौ । सन् २०१५ जुन ३० अर्थात आज मंगलबारको दिन हाम्रो समय एक सेकेन्ड रोकिँदैछ । जुन ३० को दिन अन्तिम मिनेट ६१ सेकेन्डको हुनेछ । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले यो कुराको पुष्टि गरेको हो ।
समग्रमा एक दिनमा ८६ हजार ४०० सेकेन्ड हुने गर्छ । जुन ३० अर्थात् आजको दिन भने ८६ हजार ४०१ सेकेन्डको हुनेछ ।
नासाका अनुसार पृथ्वीको परिक्रमा ढिलो हुँदा यो ’लिप सेकेन्ड’ थपिन पुगेको हो । पृथ्वी, चन्द्रमा तथा सूर्यबीच गुरुत्वकार्षण बलका कारण पृथ्वीको घुमाइ ढिलो हुन पुगेको हो ।
कसरी जोडिन्छ थप एक सेकेन्ड
एटोमिक तथा सोलर समयमा संयोजन मिलाउन १ जनवरी १९६० लाई युटिसीको व्यवस्था ल्याइयो । १९७२ देखि नै आवश्यक परेको बेला युटिसीमा परिवर्तन गरी लिप सेकेन्ड जोड्न थालिएको हो । यसका लागि जुन वा डिसेम्बरमा अन्तिम मिनेटमा एक अतिरिक्त सेकेन्ड जोड्ने गरिन्छ ।
यसप्रकार अतिरिक्त सेकेन्ड जोड्ने काम इन्टरनेशनल अर्थ रोटेसन एन्ड रेफरेन्स सिस्टम सर्भिसले गर्ने गर्छ । यी दुवै माप मूल्यांकनका लागि ३० जुनको अन्तिम मिनेटमा समय एक सकेन्डका लागि रोकिने गर्छ । यस्तो हुँदा अन्तिम मिनेट ६१ सेकेन्डको हुन पुग्छ ।
प्रत्येक चार वर्षमा लिप वर्षको नियमअनुसार एक अतिरिक्त दिन जोडिइन्छ । यसो किन गरिन्छ भने पृथ्वीले सूर्यलाई परिक्रमा गर्न ५ घन्टा, ४८ मिनेट ४६ सेकेन्ड अतिरिक्त समय लाग्ने गर्छ । यसको ठिक विपरित लिप सेकेन्डको अवधिलाई निश्चित अवधिमा जोडेर गणना गर्न सकिँदैन ।
यो पृथ्वीको केन्द्रको गतिशीलता, वातावरण, महासागर, बरफको भण्डारण जस्ता धेरै कुराहरुमा निर्भर भइरहेको हुन्छ । समयमा गरिएको यो फेरबदलले इन्टरनेट प्रणालीहरूले आफ्नो घडीमा एक सेकेन्ड थप्नु पर्ने हो वा अटोमा परिवर्तित समय लिन्छन् भन्ने अन्यौल छ । नागरिक दैनिक





Post Comment