Radio Audio Program

Find us on Facebook

Updates

शिल्पाले गरिदिइन् रोयल्सको प्रस्ताव अस्वीकार



असार,काठमाडौं ।  एक समय बलिउडमा एकछत्र राज गरेकी अभिनेत्री शिल्पा सेठ्ठी अचेल फिल्ममा खासै देखिन्नन्  । विवाह पश्चात् गुमनाम जस्तै भएकी उनी पछिल्लो समय आÏनै विजनेस र विभिन्न रियालिटी शोमा नै समय दिएकी छिन्  । 

शिल्पाले एक समय ब्रिटिस टिभी रियालिटी शो बिग ब्रदरको पाँचौं सस्करणबाट दर्शकको तारिफ पाएकी थिइन्  । त्यहाँको रियालिटी शोबाट उनले छुट्टै पहिचान बनाएर चर्चा पाएकै कारणले होला हालसालै मात्रै अमेरिकी टिभी रियालिटी शो रोयल्सबाट पनि उनलाई प्रस्ताव आएको र उनले उक्त प्रस्तावलाई ठाडै अस्वीकार गरेको कुरा सञ्चारमाध्यमले व्यक्त गरेका छन्  ।

रियालिटी शोका निर्माताले शिल्पालाई प्रस्ताव गरेपनि  शिल्पाले आफूसँग समय नभएको भन्दै अस्वीकार गरेको समाचारमा जनाइएको छ  । निर्माताले उनलाई जुलाईको पहिलो दोस्रो हप्ताबाट २० दिनका लागि समय मागेका थिए  । प्राप्त समाचार अनुसार उक्त रियालिटी शोमा अब अर्की नायिका प्रियंका चोपडा देखिने भएकी छिन्  । नेपाल समाचारपत्र 

Post Comment

Radio Audio Live