Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
कुकुरमा भन्दा बढी हुन्छ मुसामा सुँघेर पत्तालगाउने शक्ति
असार, काठमाडौं ।मानिसलाई सबैभन्दा बढी हैरान पार्ने र रोग सार्ने प्राणिका रुपमा मुसालाई चिन्दछन् तर त्यै मुसोे हजारौँ मानिसको ज्यान जोगाउने प्राणी भैदियो भन्दा अपत्यारिलो लाग्न सक्छ । तर, अफ्रिकी मुलुक मोजाम्बिकमा यस्तै अनौठो घटना घटेको छ । तालिमप्राप्त एउटा मुसोले त्यहाँ ठूला बारुदी सुरुङ पत्ता लगाएर हजारौँको ज्यान जोगाएको छ ।
बेल्जियमको एक एनजिओबाट बारुदी सुरुङ पहिचान गर्न सक्ने ट्रेनिङ पाएको यो मुसोले मोजाम्बिकमा बारुदी सुरुङ पत्ता लगाएको हो ।सन् २००६ देखि अहिलेसम्म १३ हजार बारुदी सुरुङको पहिचान गरेर हजारौँ मान्छेलाई त्यसको चपेटामा पर्नबाट बचाएको छ । यो मुसो अहिले मोजाम्बिकको गाजा क्षेत्रका जनताका निम्ति ‘हिरो’ साबित भएको छ ।
मुसोलाई ट्रेनिङ दिने एनजिओ ‘अपोपो’का संस्थापक बार्ट विट्जेन्सका अनुसार उनी विश्वविद्यालयमा पढ्ने वेला उनको घरमा एउटा मुसो पालिएको थियो । मुसोले उनका सबै कुरा मान्थ्यो । त्यतिवेलादेखि नै उनले मुसोलाई विभिन्न तालिम दिन थालेका थिए । मुसालाई बारुदी सुरुङ पत्ता लगाउने ट्रेनिङ दिने काममा करिब सात लाखजति खर्च भएको उनले बताए ।
मुसामा कुकुरमा भन्दा बढी घ्राणशक्ति हुन्छ । साथै, कम वजनको हुने भएकाले बारुदी सुरुङमाथि मुसालाई हिँडाउँदा विस्फोट हुने जोखिम पनि कम हुने भएकाले विभिन्न राष्ट्रले विस्फोटक सामग्री पत्ता लगाउन मुसाको प्रयोग गर्ने क्रम बढेको छ । एउटा मेटल डाइरेक्टरले पाँच दिनमा पत्ता लगाउन सक्ने दुई सय वर्ग्मिटर लामो बारुदी सुरुङ यो मुसोले २० मिनेटमै पत्ता लगाउन सक्छ । नयाँपत्रिका दैनिक





Post Comment