Radio Audio Program

Find us on Facebook

Updates

बच्चा जन्माउँदा महिलाले लगाउने ट्राउजर

असार, काठमाडौ /सुन्दै अचम्म लाग्ने र पत्याउन गाह«ो कुरा हो यो । यो एउटा यस्तो संवेदाशील विषय हो कि  शरीरमा भएकावस्त्र त खोल्न राम्रो मानिन्छ तर त्यही अवस्थामा लगाउन भनेर मलेशियाले एक खाले पोशाकको निर्माण गरेको छ जुन बच्चा जन्माउने महिलाहरुले लगाउने ट्राउजर तयार पारेको छ  यो कत्तिको सम्भव होला, आफ्नो ठाउँमा छ समयले बताउने छ ।

 यो ट्राउजर विशेष गरी मुस्लिम महिलाहरुप्रति लक्षित छ, किनकी मुस्लिम महिलाहरुमा आफ्नो सरीरको नांगो भाग अरुलाई देखाउनु हुँदैन भन्ने मान्यता छ । सोही कारणले बच्चा जन्माउने बेलामा समेत सरीरका तल्लो भागहरु छोपियोस् र बच्चा जन्माउनमा समेत कुनै बाधा नहोस् भनेर कम्पनीले बच्चा जन्माउने बेलामा महिलाले लगाउने ट्राउजरको उत्पादन गरेको हो ।

यो ट्राउजर झ्वाट्ट हेर्दा ट्रयाकसुटको ट्राउजर जस्तै देखिएपनि यसमा एउटा प्वाल हुन्छ, जसबाट बच्चा जन्मिएपछि बाहिर निस्किन सकोस् । मामा प्राइड कम्पनीले उत्पादन गरेको यो पूरै लामो बाउला भएको सुरुवाले सुत्केरीको पूरै खुट्टा ढाक्दछ । यसको अहिलेको बजार मूल्य ११९ रिंगिट छ ।

कम्पनीले आफ्नो फेसबुक पेजमा भनेको छ, ‘बच्चा जन्माउँदा महिलाको आत्मसम्मान तथा अस्मितालाई कुनै ख्याल गरिँदैन । महिलाका पिँडौला, तिघ्रा, घुँडा लगायतका भागहरु आवश्यक नपरेपनि नांगै पारेर देखाइन्छ ।’

पछिल्लो समयमा महिलाको पहिरनको विषय मलेसियामा निकै बहस तथा विवादको विषय बन्दै आएको छ । कतिपय महिलालाई उनीहरुले लगाएको स्कर्ट छोटो भएको भन्दै सार्वजनिक भवन तथा स्थानहरुमा त्यहाँका सुरक्षागार्डले प्रवेश नदिने तथा पूरै जिउ ढाक्ने लुगा लगाउन निर्देशन दिने गरेका घटना समेत सार्वजनिक भएको छ ।

यो महिनाको सुरुमा मलेसियाली स्वर्णपदक विजेता जिम्न्यास्टिक खेलाडि फराह आन हादीले पनि प्रतियोगिताका सिलसिलामा लगाएको लुगाकै कारण अनलाइन तथा इस्लामिक समूहहरुबाट आलोचना भोग्नुपरेको थियो । सिंगापुर सी गेम्सका क्रममा उनले लगाएको पहिरन निकै छोटो भएको र सरीरका संवेदनशील अंगहरु समेत देखाएको आरोप उनीमाथि लागेको थियो ।

तर सेलेंगरका सुल्तानले भने उनलाई समर्थन गरे र उनको सफलतामा सबैले खुसी मनाउनुपर्ने र पहिरनका विषयमा आलोचना गर्न नहुने बताए ।

Post Comment

Radio Audio Live