Radio Audio Program

Find us on Facebook

Updates

धर्मगुरुहरु एकै ठाउँमा

असार,काठमाडौं ।विनाशकारी भूकम्पमा दिवंगत आत्माहरुको सम्झनामा शनिबार वसन्तपुरमा आयोजित वृहत् कार्यक्रममा विभिन्न धर्म गुरुहरु एकै ठाउँमा उभिएर धार्मिक एकताको सन्देश दिएका छन्  ।

अन्नपूर्ण पोस्ट्को प्रकाशन संस्था तथा रेडियो अन्नपूर्ण नेपालको संचालक अन्नपूर्ण मिडिया नेटवर्कले विनाशकारी भूकम्प गएकै दिन र समय जुराएर आयोजना गरेको कार्यक्रममा हिन्दू, मुस्लिम, क्रिश्चियन र बुद्द धर्मका गुरुहरु एकै ठाउँ उभिएर भूकम्पमा ज्यान गुमाएका आत्माहरुको शान्तिका लागि प्रार्थना गरेका थिए ।

धर्मगुरुहरुले नेपालीबीच धार्मिक एकता रहेको जनाउँदै भूकम्पबाट क्षतिग्रस्त भएको देशलाई सबै धर्मावलम्बी मिलेर पुनर्निर्माण गर्नुपर्ने सन्देश दिएका थिए । दिवंगत आत्माहरुको सम्मान र शान्तिका लागि आयोजित सो कार्यक्रममा विभिन्न धर्मका अनुयायीहरु एकै ठाउँ जम्मा भएर करिब ९ हजार बेलुनसमेत उडाएका थिए । अन्नपूर्णपोष्ट

Post Comment

Radio Audio Live