Radio Audio Program

Find us on Facebook

Updates

सेल्फीबाट बच्न अनलाइन सपिङ

असार, काठमाडौं ।बलिउड अभिनेत्री शिल्पा सेठ्ठीको एउटा बानी अनौठो छ  । प्रायः सेलीब्रेटीहरू केही सामान किन्नका लागि ठूला सपिङ मलमा गइरहँदा उनी चाहिँ घरमै बसेर अनलाइन सपिङ गरिरहेकी हुन्छिन् । बजारमा गएर आफूले रोजेको सपिङ नगर्नुको कारण हुन सक्छ, फ्यान र सेल्फी तस्बिर  ।

 

बजारमा सपिङ गर्न जाँदा फ्यानले घेरेर सेल्फी फोटो खिच्न प्रस्ताव गर्न थालेपछि त्यही आतंकबाट बच्न अनलाइनबाटै सपिङ गर्ने शिल्पा भन्छिन् ‘म घरेलु सामानदेखि लिएर जुत्ता, चप्पल र दिवालीको दियो पनि अनलाइनबाटै सपिङ गर्छु,’ 

 

‘यी बस्तुको बजारमै गएर खरिद गर्दा समय बचत पनि हुने अन्य झन्झटबाट  पनि बचिने फेरि मलाई भारतीय बजारमा बाहिर गएर सामान किन्न मन पर्दैन, किनकि यहाँ फस्टाएको सेल्फी खिच्ने संस्कृतिले मलाई जहिल्यै पनि सामान खरिदमा अवरोध गर्दछ, मानिसहरू सेलिब्रेटी पनि मान्छे हो भन्ने कुरा भुल्दछन् ।’

Post Comment

Radio Audio Live