Radio Audio Program

Find us on Facebook

Updates

स्टार भनेकै आलिया र सिद्धार्थ हुन् ।

असार, काठमाडौं । बलिउड अभिनेत्री करिना कपुरले बरुण धवन र आलिया भट्ट बलिउडका अबका स्टार भएको बताएकी छिन् । 

ऋतिक रोशन, बरुण र आलियाका साथ हाल ‘सुद्धि’ नामक फिल्ममा अभिनय गरिरहेकी करिनाले आफू आफ्नो समयको स्टार भएको र आगामी दिनमा भने बरुण र आलियाले बलिउडमा धूम मच्चाउने दाबी गरेकी छिन् ।

आलियामा निकै सकारात्मक ऊर्जा भएको र उनी छिट्टै नै बलिउडकी सुपरस्टार हुनेमा कुनै शंका नरहेको र आफू आलियाका हरेक फिल्मबाट प्रभावित भएको समेत बताएकी छिन् । 

आफू र अर्जुन कपुर आर बाल्कीको नयाँ फिल्ममा सँगै अभिनय गर्न लागेको उनले जानकारी दिएकी छिन् । अर्जुनमा पनि स्टारडम देखिएको मूल्यांकन करिनाको छ । नयाँपत्रिका दैनिक

Post Comment

Radio Audio Live