Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
युवतीको वक्षस्थलभित्र भेटियो डेढ किलो कोकिनको झोल
असार,काठमाडौं । लागु औषध कारोबारीहरुका पनि कस्ता कस्ता काइदा हुन्छन् कसैले तिघ्रामा अप्रेशन गरेर, कसैले औषधीका क्याप्सुल भित्र राखेर निलेर, कसैले पुरुषको यौन अङ्गको आकार बनाएर, कसैले जुत्ताको सोल जस्तै बनाएर, कसैले गाडीको नम्बर प्लेट बनाएर, कसैले पाउरोटीको आकार बनाएर आÏनो मकसद पुरा गर्ने गरेको समाचारहरू सुन्न पाइन्छ ।
त्यस्तै हालै एक जना लागु औषध ओसारपसारकर्ताहरूले युवती आफ्नो वक्षस्थलभित्र डेढ किलो झोल कोकिन राखेर अन्यत्र लैजान लागेको अवस्थामा पक्राउ परेकी छिन् ।
होन्डुरसकी ती युवतीले आफ्नो सर्जरी गरेर बढाएको स्तनमा डेढ किलो कोकिनको झोल पाइएको छ । उनलाई कोलम्बियाको राजधानी बोगोटास्थित विमानस्थलबाट पक्राउ गरिएको थियोे ।
पाओला डेयानिरा साबिलोन नामकी २२ वर्षकी युवती बोगोटाबाट स्पेनतर्फ जाँदै थिइन् । एयरपोर्ट चेक जाँचका क्रममा उनको हाउभाउ शंकास्पद देखेपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा नक्कली वक्षस्थलभित्र कोकिन रहेको पाइएको थियो ।
अनुसन्धानको क्रममा उनको वक्षस्थलमा हालै मात्र सर्जरी गरिएको देखिएको थियो भने कसैले त्यो पदार्थ बार्सिलोनासम्म पूराइदिन अह्राएको उनले बताएको हुँदा लागु औषध गिरोहले उनलाई ओसारपसारका लागि प्रयोग गरेको आशंका गरिएको छ ।
बोगोटा अस्पतालमा उपचार गरी कोकिन निकालिएको छ र उनको अस्पतालमा थप उपचार भैरहेको छ ।
वर्षेनी ३ सय टन कोकिन उत्पादन हुने कोलम्बिया लागु औषध कारोबारको हब मानिन्छ । उक्त कोकिन जम्मा गरी कारोबारीले विश्वका विभिन्न देशमा निर्यात गर्छन् ।





Post Comment