Radio Audio Program

Find us on Facebook

Updates

जस्तो कर्म उस्तै फल !

असार, काठमाडौं । आफ्नो जमानाका लभर ब्वाई ऋषि कपुर हजुरबाको उमेरमा पुगेपछि चिडचिडो स्वभावका भएका छन् । अभिनयका माध्यमले उनले जति ख्याति कमाएका छन्, केही समययता कुख्याति पनि । ट्वीटरमा अनावश्यक टिप्पणीका कारण । ट्वीटरमा अनेकखालका अपडेट गर्ने र अरू व्यक्तिका बारेमा प्वाक्क बोलिहाल्ने ऋषिको पछिल्लो सिकार भएकी छन् अभिनेत्री सोनाक्षी सिन्हा ।

आईक्यूलाई लिएर ‘कपुर एन्ड सन्स’ की आफ्नी कोस्टार आलिया भट्टलाई उडाएका ऋषिले सोनाक्षीलाई थसुल्लीको संज्ञा दिए र उनको शारीरिक रुपलाई सार्वजनिक रूपमा ठट्टाको विषय बनाए ।

ट्वीटरमा यो देखेपछि सोनाक्षीका फ्यानहरू ऋषिमाथि खनिए । ऋषिले सुरुमा यसलाई सामान्य ठट्टा मात्र भनिरहे पनि फ्यानहरू कारण पोस्ट डिलिट गर्न बाध्य भए ।

सोनाक्षीले भने ऋषिको ठट्टालाई सामान्य रूपमा लिएकी छन् । ‘उहाँलाई त्यो रमाइलो लाग्यो होला र लेख्नुभयो,’ उनले ऋषिको बचाउ गर्दै भनेकी छन् । आपूmलाई त्यसो भनि रहँदा पनि सोनाक्षीले देखाएको शालीनताबाट चाहिँ धेरैमानिस खुसी भएका छन् । 

Post Comment

Radio Audio Live