Radio Audio Program

Find us on Facebook

Updates

वर्षको एक दिन मात्र फूल्ने अनौठो फूल

असार,काठमाडौं । वर्षको एक दिन मात्र फुल्ने फूल १ सुन्दा अचम्भ लाग्छ तर यो सत्य हो । पूर्व–पश्चिम राजमार्ग खण्डअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन राजा फूलबारीमा यस्तै फूल देख्न पाइन्छ । 

सलहेस फूलबारीको नामले प्रसिद्ध रहेको सो ऐतिहासिक फूलबारीमा प्रत्येक नयाँ वर्ष वैशाखको पहिलो दिन त्यहाँ रहेको हारमको रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ पख वैलाएर जान्छ ।

सो रुख फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर (मन्दिर) सँगै टाँसिएको सो रुखमा वर्षको एकदिन एकाबिहानै फूल फुल्नु र साँझपख वैलाएर जानु आजसम्म रहस्यनै बनेको छ । 

माला आकारको सेतो फूलको थुङ्गा जस्तो देखिन्छ र साँझपख मौलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ । ती रुख के का हुन् कसरी यतिका वर्षसम्म बाँचिरहेका छन् भन्ने खोजको  विषय हो । 

लहान नगरपालिकादेखि चार किलोमिटर पश्चिम दक्षिणमा १२ बिगाहा क्षेत्रफलमा फैलिएको धार्मिक फूलबारीमा हारनको रुखमा वैशाख १ गतेका दिन मात्र सोनाखरी फूलमाला देखा पर्छन् र दिन ढल्दै जाँदा उक्त माला विस्तारै वैलाउँदै जान्छन् । अचम्मको उक्त फूल हेर्न भारतबाट समेत असङ्ख्य श्रद्धालु आउने र मेला भर्ने गर्दछन् ।

किम्वदन्तीअनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतिक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् । साँचो मनले जसले भाकल गर्छ उसको मनोकामना पूरा हुने जन विश्वास छ । दर्जनौं युवायुवतीको जोडी आएर ती फूललाई साक्षी मानी प्रेम विवाह गर्ने गर्छन् । 

Post Comment

Radio Audio Live