Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
‘आइ लब न्यू इयर’ को प्रदर्शन रोक्दै कंगना
असार १०,काठमाडौं । आफ्नो फिल्म रिलिज होस् भन्ने जोकोहीको चाहना हुन्छ । तर, बलिउडकी अभिनेत्री कंगना रनावत आफ्नै फिल्मलाई प्रदर्शन हुनबाट रोक लगाइरहेकी छन् । लगातार हिट फिल्म दिइरहेकी कंगनाको व्यवहार केही समयदेखि यस्तै देखिइरहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार कंगनाले टिसिरीजलाई एक पत्र पठाउँदै आफ्नो पुरानो फिल्म ‘आइ लब न्यू इयर’ लाई प्रदर्शन हुनबाट रोक लगाउन आग्रह गरेकी छन् । निर्माताले उनको रोकिएको यो फिल्म रिलिजमा ध्यान दिएपछि उनले त्यसो नगर्न अनुरोध गरेकी हुन् ।
कंगनाका वकिल रिजवान सिद्धीकीले आफ्ना क्लाइन्टलाई जानकारी नदिइकन टिसिरीजले फिल्मको रिलिज गर्न दिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । वकिलका अनुसार कंगनाले फिल्मबाट पूरा रकम भुक्तान पाइनसकेकोले प्रदर्शनमा रोक लगाउन खोजेको बुझिएको छ ।
यस विषयमा टिसिरीजका प्रमुख भूषण कुमारले फिल्मको रिलिजको विषयलाई लिएर आफ्नो केही नियन्त्रण नभएको र १८ महिनाअघि फिल्मको अधिकार वेब सिनेमालाई बेचेको बताए । फिल्ममा कंगनासहित सन्नी देओलको पनि अभिनय रहेको छ ।





Post Comment