Radio Audio Program

Find us on Facebook

Updates

इमरजेन्सी कन्ट्रासेप्टिभ (पिल्स)का बारेमा भ्रम र तथ्य

असार, काठमाडौं । हिजोआज धेरै महिलाले इमरजेन्सी कन्ट्रासेप्टिव प्रयोग गर्छन्  । यसलाई लिएर उनीहरूको मनमा गलत सोच  उत्पन्न हुनसक्छ  । विशेषज्ञहरूका अनुसार यसमा सत्यभन्दा भ्रम बढी जोडिएका छन्  ।

भ्रम नं. १ – इमरजेन्सी कन्ट्रासेप्टिवमा केवल मर्निङ अफ्टर पिलको विकल्प उपलब्ध हुन्छ  । 
तथ्य –
मेडिकल पसलमा तीन किसिमका इमरजेन्सी कन्ट्रासेप्टिव पिल्स पाइन्छन् । यी पिल्स प्रिगनेन्सीबाट जोगिन लिइन्छ  । यसका अतिरिक्त इन्ट्रायुटेराइन डिवाइसको विकल्प पनि हुन्छ । इन्ट्रायुटेराइन डिवाइसको आकार धेरै छोटो हुन्छ  । यो प्लास्टिक तथा कपरबाट बनेको हुन्छ । यसलाई असुरक्षित यौन सम्पर्कबाट जोगिन गर्भाशयमा लगाउनुपर्छ  । सामान्य इन्ट्रायुटेराइन डिवाइस ५ देखि १० वर्षसम्म लगाउन सकिन्छ । यो अनुभवी चिकित्सकबाट लगाउनुपर्छ  । 

भ्रम नं.२ – इमरजेन्सी कन्ट्रासेप्टिव किन्न चिकित्सकको प्रेस्क्रिप्सन आवश्यक हुन्छ  ।
तथ्य –
धेरैजसो महिला यही सोच्छन् तर यो सत्य होइन । कुनै पनि मेडिकल पसलमा कन्ट्रासेप्टिव पिल्स खरिद गर्न सकिन्छ  । यसका लागि प्रेस्क्रिप्सनको आवश्यकता पर्दैन  । 

भ्रम नं.३ – इमरजेन्सी कन्ट्रासेप्टिव सजिलै पाइँदैन  । 
तथ्य–
यो साँचो होइन  । इमरजेन्सी कन्ट्रासेप्टिव पिल्स मेडिकल स्टोर, कन्ट्रासेप्टिव क्लिनिक, अस्पताल तथा स्त्री रोग विशेषज्ञकहाँ प्राप्त गर्न सकिन्छ  । 

भ्रम नं.४ – इमरजेन्सी कन्ट्रासेप्टिव पिल्स लिनु एबोर्सनजस्तै हो  । 
तथ्य –
करिब ५० प्रतिशत महिला इमरजेन्सी कन्ट्रासेप्टिव पिल्स लिनु एबोर्सनजस्तै हो भन्ने सोच्छन् तर मेडिकल रिसर्चअनुसार यो केवल प्रिगनेन्सीबाट बच्नका लागि हो  । यो कुनै एबोर्सन होइन । इमरजेन्सी कन्ट्रासेप्टिव पिल्सले तीन किसिमको काम गर्छ यसले अण्डा निक्लन, त्यसलाई फर्टिलाइज हुन तथा गर्भाशयमा स्थापित हुनबाट रोक्छ  । त्यसैले यो एबोर्सन होइन  । 

भ्रम नं.५– इमरजेन्सी कन्ट्रासेप्टिव पिल्स असुरक्षित यौनसम्पर्क गरेको २४ घन्टाभित्र सेवन गर्नुपर्छ                        अन्यथा फाइदा हुँदैन  । 
तथ्य –
इमरजेन्सी कन्ट्रासेप्टिव पिल्सले असुरक्षित यौनसम्पर्क राखेको तीन दिनसम्म असर गर्छ तर छिटो खाए चाँडै तथा असर गर्छ  । 

भ्रम नं.६ – इमरजेन्सी कन्ट्रासेप्टिव पिल्स खाएपछि स्तनपान गराउनुहुँदैन  । 
तथ्य –
विशेषज्ञहरूका अनुसार यस्तो पिल्स खाएपछि एक हप्तासम्म स्तनपान गराउनु हुँदैन  । 

भ्रम नं.७ – यो पिल्स एक वा धेरैपटक एउटै चक्रमा खानुपर्छ  । 
तथ्य –
आफूले चाहे यसको प्रयोग एउटै साइकलमा एक वा त्यसभन्दा बढी गर्न सकिन्छ  । यसको विकल्प केही छ कि भनेर विशेषज्ञको सल्लाह लिनु आवश्यक हुन्छ  ।  

भ्रम नं.८ –नियमित रूपमा इमरजेन्सी कन्ट्रासेप्टिव पिल्स लिने महिलालाई बाँझोपन हुन्छ  । 
तथ्य –
नियमित रूपमा इमरजेन्सी कन्ट्रासेप्टिव पिल्स खाने महिलाको मासिक चक्र (महिनावारी)           अनियमित हुन पुग्छ तर यसबाट बाँझोपन हुँदैन । इमरजेन्सी पिल्स नियमित सेवन भने गर्नुहुँदैन। यसलाई आपतकालिन अवस्थामा मात्र सेवन गर्नुपर्छ । नियमित कन्ट्रासेप्टिवको विकल्पका सम्बन्धमा चिकित्सकसँग सल्ला
ह लिनुपर्छ  ।

Post Comment

Radio Audio Live