Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
सरकारी बजेटको मात्रै सत्यानास २२१ विद्यालयको नतिजा शून्य
असार ९, काठमाडौं । गत २०७१ साल चैत्र महिनामा लिइएको एसएलसी परीक्षामा देशभरका दुई सय २१ विद्यालयको नतिजा शून्य भएको छ । निजी २६ र एक सय ९५ सामुदायिक विद्यालयको नतिजा शून्यमा छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार एउटै जिल्लामा १४ वटा विद्यालयसम्म शून्य नतिजामा छन् ।
सबैभन्दा बढी खोटाङमा १४ वटा विद्यालयको नतिजा शून्य रहेको छ । भोजपुरमा १२ वटा विद्यालयको नतिजा शून्य छ । ताप्लेजुङ र बाँकेमा नौ–नौ, आठ विद्यालयको नतिजा शून्य हुनेमा डोटी, पाँचथर, इलाम, मुस्ताङ, उदयपुर छन् ।
सुनसरी र कैलालीमा ६–६, सप्तरी र तनहुँका पाँच–पाँच विद्यालयको नतिजा शून्य छ । सयभन्दा बढी विद्यार्थी भएका विद्यालयमा समेत शून्य नतिजा छ ।परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले विद्यालयको नतिजा शून्य हुनु दुःखको कुरा भएको बताए । लगानी भएर पनि नतिजा शून्य हुनुको कारण खोजी गर्नु पर्ने उनले बताए । नयाँपत्रिका





Post Comment