Radio Audio Program

Find us on Facebook

Updates

सर्ने भो लण्डन ह्याज फलन’ को रिलिज मिति

असार, काठमाडौं । हलिउड अभिनेता तथा निर्माता जेरार्ड बटलरको बहुप्रक्षित आगामी फिल्म ‘लण्डन ह्याज फलन’ को रिलिज मिति यस वर्षको अक्टोवरबाट आगामी वर्षको जनवरी २२ मा पुगेको छ । सन् २०१३ मा रिलिज भएको फिल्म ‘ओलम्पस ह्याज फलन’ को सिक्वेल रहेको फिल्म अक्टोबर २ मा रिलिज हुने भनिएको थियो ।

 

फिल्मको सिक्वललाई नयाँ निर्देशक बाबाक नाफिजीले निर्देशन गरेका छन् । अघिल्लो श्रृखंलालाई ‘एन्टोनी फुक्वा’ले निर्देशन गरेका थिए । एक्सन थ्रिलर श्रेणीको फिल्मलाई अभिनेता जेरार्डले नै निर्माण गरेका हुन् ।

 

एजेन्सीका अनुसार ’लण्डन ह्याज फलन’को भिडन्त सो मितिमा रिलिज हुने  ‘क्रिमिनल’, ‘राइजिन’ र ‘बोय’ फिल्मसँग हुनेछ । ’लण्डन ह्याज फलन’मा जेरार्डका अलावा हारून अकहर्ट, मोर्गन फ्रिम्यान लगायतको अभिनय रहेको छ ।

Post Comment

Radio Audio Live