Radio Audio Program

Find us on Facebook

Updates

प्रशंसकलाई थप्पड हानेपछि

जेठ २९, काठमाडौं । गायक मिका सिंह प्रशंसकलाई थप्पड हानेको आरोपमा गिरÏतार भएका छन् । बिहिबार उनलाई दिल्ली प्रहरीले पक्राउ गरेको थियो जमानत पछि  हिरासत मुक्त भएका छन् । गत अप्रिलमा दिल्लीमा आयोजीत कन्सर्टमा प्रशंसकका रुपमा गीत सुनिरहेका एक चिकित्सकलाई उनले थप्पड हानेका थिए ।

उनले थप्पड हानेको भिडियो सामाजिक सञ्जाल मार्फत व्यापक भए पछि प्रहरीले  पक्राउ गरेको हो । मलेसियामा रहेका मिका विहिबार दिल्ली प्रहरीमा  हाजिर भएका थिए । उनले थप्पड हानेको कुरा स्वीकार गरे । थप्पड हान्नुको कारण सोध्दा उनले भने ति चिकित्सकले अत्यधिक मादक पदार्थ सेवन गरि मात्तिएका र महिला माथि अभद्र व्यवहार र अश्लिल इसारा  गरेकोले थप्पड हान्नु परेको दावी गरे ।

आÏनो कार्यक्रममा म  महिला र बालबालिकालाई नाच्ने स्थान दिन्छु मैलो त्यसो गर्न खोजेको थिएँ तर ती चिकित्सकले अश्लिल इसारा गरिरहे मैले देखें र आपूलाई सम्हाल्न सकिन अनि घटना भयो । मिकाको थप्पडले डाक्टरको बायाँ कानमा चोट लागेले उपचार भई रहेको प्रहरीले जनाएको छ । दिल्ली प्रहरीले २० हजार भारतीय रुपयाँमा जमानतमा रिहा गरेको थियो । अन्नपूर्णपोष्ट

Post Comment

Radio Audio Live