Program Archive
- Comedy Club [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Sali Vena [ Listen ] [ Download ]
- Radio Ma Diusai Rodhi [ Listen ] [ Download ]
- Je Aauchha Mazzale Hasauchha [ Listen ] [ Download ]
- Pari Ko Sorry [ Listen ] [ Download ]
- Gausahar Express [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
Find us on Facebook
Updates
विश्वकपमा राम्रो खेलेको भन्दै बलात्कारको मुद्दामा माफी ; उज्यालो अनलाईन
काठमाडौं, फागुन २७ - बंगलादेशकी एक नायिकाले क्रिकेटर रुबेल हुसेनमाथि लगाएको बलात्कारको मुद्दा फिर्ता लिएकी छिन् । १९ वर्षकी नाजनिन अख्तर ह्यापीले हुसेनले जारी विश्वकपमा राम्रो खेलेको भन्दै बलात्कारको आरोपबाट
माफी दिएको बताएकी छिन् । हुसेनले विवाह गर्ने बाचा गरेर धोका दिएको भन्दै ह्याप्पीले यो वर्षको सुरुमा २५ वर्षका हुसेनविरुद्ध बलात्कारको मुद्दा हालेकी थिईन् । ढाका अदालतले हुसेनलाई सुरुमा थुनामा राख्न पनि भनेको थियो । तर पछि अदालतले राष्ट्रिय महत्वको विषय भन्दै हुसेनलाई विश्वकप क्रिकेट खेल्नका लागि धरौटीमा रिहा गरेको थियो ।
बंगलादेश विश्वकपको क्वाटर फाइनलमा छनौट भइसकेपछि ह्यापीले हुसेनमाथिको मुद्दा फिर्ता लिँदै उनलाई माफी दिएको बताएकी छिन् । ‘मैंले उनलाई माफी दिएँ’ च्यानल २४ टिभीसँगको कुराकानीमा ह्यापीले भनिन् ‘मैंले अब
उनीविरुद्धको मुद्दा अघि नबढाउने निर्णय गरें ।’ मुद्दा फिर्ता लिने घोषणा गरेपनि उनले यसबारमो अदालतमा कुनै अपिल गरेकी छैनन् । आफूले पूर्व प्रेमी हुसेनविरुद्ध अदालतमा कुनै प्रमाण पेश नगर्ने र न्यायका लागि अदालत पनि नधाउने जानकारी दिँदै ह्यापीले त्यसपछि यो मुद्दा नै कायम नरहने बताईन् ।
जारी विश्वकपमा इंग्ल्याण्डविरुद्धको खेलमा रुबेलले ५३ रन दिएर ४ विकेट लिएका थिए । उनको यो प्रदर्शनका कारण बंगलादेश इंग्ल्याण्डलाई हराउँदै विश्वकपको क्वाटर फाइनलमा पुगेको थियो ।
एजेन्सीको सहयोगमा






Post Comment