Program Archive
- Khuldulee.com [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Sali Vena [ Listen ] [ Download ]
- Radio Ma Diusai Rodhi [ Listen ] [ Download ]
- Je Aauchha Mazzale Hasauchha [ Listen ] [ Download ]
- Pari Ko Sorry [ Listen ] [ Download ]
- Gausahar Express [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
Find us on Facebook
Updates
बिवाह गरेको २ बर्षपछि हनिमुन मनाउन गयौंः मुन्द्रे – अन्नपुर्ण पोष्ट
फागुन २९, काठमाडौं । हास्यकलाकार जितु नेपाल 'मुन्द्रे'ले २०५९ फागुनमा मागी विवाह गरेका हुन् । तर,विवाह लगत्तै हनिमुन मनाउन जाने उनको सपना भए पनि उनी हनिमुन मनाउन जान पाएनन् । भन्छन्, ‘पहिलो कुरा त संघर्षका दिन थियो । आर्थिक अवस्था राम्रो थिएन ।
अलिअलि जम्मा गरेको पैसामा थपेर बिहे गरेँ । त्यत्रो बिहे त गरियो । साथीहरुसँग मागेर हनिमुन मनाउन सकिन्थ्यो । तर,त्यही बेला फिल्म ‘दुई किनारा’को छायांकन परेकाले हनिमुन मनाउन सकिएन ।’ विवाहलगत्तै हनिमुन मनाउने चाहना भए पनि उनलाई २ वर्षपछि मात्रै हनिमुन मनाउने अवसर जुर्यो । ‘विवाह भएको दुई वर्षपछि हामी घुम्न गयौं ।
हाम्रो पहिलो भ्रमण थियो, गोरखा र मनकामना’ मुन्द्रेले पहिलो हनिमुनबारे आजको अन्नपूर्ण पोष्ट दैनिकको शैलीसँग कुराकानी गर्दै भनेका छन् । विवाहको २ वर्षपछि हनिमुन मनाएका मुन्द्रेलाई जीवनसाथीसँग अनुकूल र परिस्थितिअनुसार जीवनभर हनिमुन मनाउनुपर्छ भन्ने लाग्छ । उनको ७० वर्षमा पनि हनिमुन मनाउने सोच छ । ‘सकियो भने ७० वर्षमा पनि हनिमुन मनाउन पाइयोस्,’ उनी भन्छन्,‘जीवनभरि हनिमुनजस्तै रमाइलो गरेर मनाउन पाइयो भने जीवन सुखी हुने हो ।’






Post Comment