Radio Audio Program

Find us on Facebook

Updates

तपाईले देख्नुभयो ? शाहिद र मिराका यी ६ गोप्य तस्वीर ??

मंसीर १८ काठमाण्डौ ।
हालै डिजाईनर मसाबा गुप्ता र निर्माता  मधु मतेंनामले विवाह गरे । उनीहरुको बिवाहमा बलिउडका प्राय सेलिब्रेटीहरुको उपस्थीती थियो । तर आर्कर्षणका केन्द्र भने शाहिद कपुर र उनकी श्रीमती मीरा बनेका थिए । यस विवाहमा मिरा ट्याटु र डे«सले गर्दा सबैको केन्द्रमा थिईन् । उनले आफ्नो पिठ्युमा गुलाबको ट्याटु खोपाएकी छिन् । उनीहरुको जोडिले मसाबा र मधुको विवाहमा निकै रमाईलो गरे ।

 यस विावाहका केहि तस्वीरहरु सार्वजनिक भएका छन् । जहाँ मिरा र शाहिद फरक फरक पोजमा देखिएका छन् । यसका साथै शाहिद र मिराले अन्य केहि तस्वीरहरु ईन्स्टाग्राममा सेयर गरेका छन् । त्यी तस्वीरहरु यो भन्दा पहिले देखिएका थिएनन् ।

उनीहरुले विवाहदेखि हालसम्मका तस्वीरहरु  सेयर गरेका हुन् । यहि बर्ष जुलाईमा विवाह बन्धनमा बाँधिएको यो जोडीको प्रेम, तस्वीर हेर्दा निकै गहिरिदँै गएको देखिन्छ । तर, हल्ला भने नानाथरी भईरहेका छन् ।

पछिल्लो समयमा सिनेमा शानदार फ्लप भएपछि धेरैले शाहिदलाई बिवाह नफापेको टिप्पणी पनि गरेका छन् । तर शाहिद भने आफ्नो विवाह मिरासँग भएकोमा निकै खुसी छन् ।

 

                         मसाबासँग मीरा  ।                                                                                     साथीसँग मिरा ।

 

                मीरा , आलिया शाहिद, मसाबा ।                                                                                  मीरा ,   शाहिद, मसाबा । 

 

                                                      विवाहको समयमा मिरा र शाहिद ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ  

Post Comment

Radio Audio Live