Radio Audio Program

Find us on Facebook

Updates

रणवीरको पार्टीमा कटरीना नआउनुको कारण यस्तो ?

मंसीर १७, काठमाण्डौ ।
हालै अभिनेता रणवीर कपुरले सिनेमा तमाशाको सफलताको पार्टी दिए । बक्स अफिसमा अरु सिनेमाको तुलनामा खासै कमाल नगरे पनि रणवीरको करियरमा भने तमाशाले केहि ईंटा थपेको छ । धेरै सिनेमाको असफलता पछि तमाशाले पाएको सफलतामा आयोजना गरिएको पार्टीमा रणवीरले  आफ्नी लिव ईन पार्टनर कटरीलाई पनि निम्तो दिएका थिए । रणवीरको निम्ता पाएपछि पार्टीमा कटरीना उपस्थीत रहने धेरैले अनुमान गरेका थिए ।  तर उक्त पार्टीमा कटरीनाको उपस्थीत भइनन् ।   

अभिनेत्री दिपिका पादुकोणका प्रेमी रणवीर सिंह पनि यस पार्टीमा उपस्थीत थिए ।  दिपिकाका पुर्व प्रेमी रणवीर कपुरको उपस्थीमा पनि रनवीर सिंह दिपिकाको हौसला बढाउनको लागि पार्टीमा उपस्थीत भएको बुझिएको छ । उनले सिनेमा विशेष र सिनेमामा रनवीर र दिपिकाको जोडी महत्वपूर्ण भएको बताएका छन् ।

कटरीना उक्त पार्टीमा नआउनुको कारण दिपिका रहेको धेरैले अनुमान गरेका छन् । सायद उनी दिपिकालाई प्रत्यक्ष भेट्न चाहान्न थीइन् ।  सिनेमाको सुटिङका क्रममा पनि खबरहरु आएका थिए, रणवीर र दिपिकाले सिनेमामा दिएको किस सिनले कटरीनाको मन दुखेको थियो । तर, अर्कातर्फ कटरीनालाई पार्टीमा आउने मन हँुदा हँुदै पनि काम बिशेषले गर्दा नभ्याएका खबर पनि आईरहेकै छन् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ  

Post Comment

Radio Audio Live