Radio Audio Program

Find us on Facebook

Updates

कलाहरुको फ्युजनमा बिरालोको योगदान ।

एकजना कलाकारले आफ्नो घरमा पालिएको बिरालाका दैनिक क्रियाकलापलाई आफ्ना चित्रकलामा,  बडो आकर्षक ढंगले उतारेकी छिन् । स्भेटलाना पेट्रोभा नाम गरेकी ती कलाकार आफ्नी आमाको मृत्युपछि, शोकमा थिईन् । तर, जब उनले जाराथुस्त्र नाम गरेको त्यो बिरालोलाई पालीन्, उनले आफ्नो पीडा धेरै कम भएको महशुस गरिन् । उनी भन्छिन् बास्तवमा जाराथुस्त्र, मानिसले झैँ पोज दिन निक्कै खप्पिस छ । अझ घत लाग्दोगरी उनी सुनाउँछिन् मेरो बिरालो यस्तरी पोज दिन्छ की मानौँ, ऊ भनीरहेको हुन्छ यी फ्रान्सेली केटीहरुलाई झैँ मलाई पनि रंगाऊ । अनि म उसले भने झैँ गरी तस्बिर बनाउँछु ।

अचम्म त के भने, पेट्रोभाले अहिलेसम्म जाराथुस्त्रको ७ हजारभन्दा बढी तस्बिरहरु खिचिसकेकी छिन् । उनी तिनै तस्बिरहरुलाई, विश्वका बिख्यात कलाकारले बनाएका तस्बिरमा फोटोसप गरि हाल्छिन् र नयाँ रुप दिन्छिन् । यसो गर्दा सबैभन्दा ठूलो चुनौती भनेको आफ्नो बिरालाको तस्बिरहरु ती तस्बिरहरुमा मिलाएर राख्नु हो । ती बिख्यात तस्बिरहरुका भाबमा आफ्नो बिरालोको तस्बिर मिलाएर राख्न उनलाई कहिलेकाहीँ त महिनौ पनि लाग्छ । उनी प्रिन्ट गरिएका तस्बिरलाई रंगाउँछिन् र ती बिख्यात तस्बिरहरुसँग प्राकृतिक देखिनेगरी मिलाउँछिन्।

बिख्यात कलाकार लियोनार्दोदा भिन्चीको, सुन्दरी मोनालिसा, पेट्रोभाको बिरालो जाराथुस्त्र बोकेर बरण्डामा बस्दा कस्ती देख्लिन् ?
क्याप्सन १ : बिश्वबिख्यात कलाकार लियोनार्दो दा भिन्चीको मोनालिसाले पेट्रोभाको बिरालो लिई बस्दा ।


क्याप्सन २ : साल्भाडोर दलीको पेन्टिङमा पेट्रोभाको बिरालो ।


क्याप्सन ३ : एड्गर डेगासको पेन्टिङमा पेट्रोभाको बिरालो ब्यालेट कक्षामा रमाउँदै ।


क्याप्सन ४ :  बिरालोको डरलाग्दो सपना ।


क्याप्सन ५ः  सुन्दरीको बिरालोसवारी ।

पेट्रोभा भन्छिन् मेरो बिरालोले, आधुनिक मानिसहरुलाई, ऐतिहाँसिक कलाहरु एकदमै रमाईलो र सुन्दर ढंगले देखाउँछ । उसको यो कलाले अर्को के पनि देखाउँछ भने, सबैजना सिर्जनात्मक बन्न सक्छन् । र एउटा बिरालो पनि मानिसझैँ सिर्जनात्मक बन्न सक्छ ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live