Radio Audio Program

Find us on Facebook

Updates

बिवाहित सेलिब्रेटीको चर्चा पाएको प्रेम ।

मंसीर १०, काठमाण्डौ
बलिउड अभिनेता अर्जुन रामपाल ४३ बर्षका भए । उनको जन्म २६ नोभेम्बर १९७२ मा भएको थियो । बलिउडमा रोय, ईन्कार, हिरोईन, रा वन, ओम शान्ती ओम लगायतका सिनेमामा काम गरेका अर्जुनको व्यावसायिक जीवन भन्दा बढि चर्चामा व्यक्तिगत जीवन रहेको छ । सन् १९९८ मा मेहरसँग विवाह गरेका अर्जुन अहिले सुजैन खानको प्रेममा छन् । सुजैनले ऋतीकलाई डिभोर्स पनि अर्जुनकै कारण दिएकी हुन् भन्ने अनुमान गरिएको छ ।  तर, यसको सच्चाई स्पष्ट रुपमा बाहिरीएको भने छैन । बलिउडमा यस्ता धेरै जोडी छन् जसले विवाहित हुँदा पनि प्रेम गरे र चर्चामा आए ।
अमिताभ बच्चन र रेखा ।
रेखा र अमिताभको सम्बन्ध अमिताभको विवाह पछी नजिकिएको थियो । सन् १९७३ मा अमिताभ र जयाको विवाह पछि रेखा र अमिताभको प्रेमको हल्ला चल्न थालेको थियो । सिनेमा दो अन्जानेको सुटिङका क्रममा यी दुई नजिकीएका थिए । सन् १९८१ मा एस चोपडाले रेखा र अमिताभको सम्बन्धलाई केन्द्रीत गरेर सिनेमा सिलसिले  निर्माण गरे ।  यो सिनेमा पछी अमिताभ र रेखा अन स्क्रीन  र अफ स्क्रीन कतैपनि एक साथ देखिएक छैनन् । रेखाले  उनि उपस्थीत पार्टी, ईभेन्ट्सहरुमा  सिन्दुर लगाउने गरेकी छिन् । तर यो सिन्दुर कसको नामको हो यो रहस्य भने  खुल्न सकेको छैन ।


 
सजंय दत्त र माधुरी दिक्षित
सजंय दत्त एक यस्तो अभिनेता हुन् जसको सधै कोहि कोहि युवतीसँग नाम जोडिएको हुन्छ ।  मान्यतासँग तेस्रो विवाह गरेर जुम्ल्याहा बच्चाका पिता बनेका सजंय एक समय अभिनेत्री माधुरी दिक्षितको प्रेममा थिए । त्यस समयमा उनी विवाहित थिए । ऋचा उनकी पत्नी थिईन् । यहि कारण माधुरीका पितालाई यो सम्बन्ध मन परेको थिएन ।  पछि सिनेमा खलनायक पछि सजंय जेल गए र त्यहि समयमा माधुरी उनीबाट टाढीदै गईन् ।  त्यसपछी यी दुईले साथमा काम पनि गरेका छैनन् ।


 
मिथुन चक्रवर्ती र श्रीदेवी
यी दुईले एकले अर्कालाई प्रेम गर्ने भन्ने कुरा कहिल्यै पनि खुलाएनन् । सिनेमा जाग उठा ईन्सानको सेटबाट यी दुई नजिकीएका थिए ।  त्यतिबेला मिथुन विवाहित थिए । भनिएको थियो श्रीदेवी र मिथुनले लुकीछिपी विवाह पनि गरिसके । मिथुन आफ्नो प्रेम श्रीदेवीसँग भएको कुरा भन्न डराईरहेका थिए । यी दुईको सम्बन्ध थाहा पाएपछी मिथुनकी पत्नीले आत्महत्या गर्ने प्रयास गरेकी थिईन् । जसका कारण मिथुन सबै कुरा बिर्सेर  बसे । त्यसपछी श्रीदेवीले बोनी कपुरसँग विवाह गरेकी थिईन् ।


शैफ अली खान र रोजा कैटलानो
करिना कपुरसँग दोस्रो विवाह गरेका शैफ रोजा कैटलानोका प्रेममा पनि थिए । उनको पहिलो विवाह टुट्नुको कारण पनि उनको एक्स्ट्रा म्यारिटियल प्रेम नै  थियो । विवाहित भएपनि अमृता र शैफको सम्बन्धमा त्यतिबेला देखि खटपट भएको थियो जब अमृतालाई थाहा भएको थियो शैफको ईटालियन रोजा कैटलिनोसँग अफेयर चलेको छ ।  यो सम्बन्ध धेरै समय भने टिक्न सकेन । सन् २००३ मा अमृता र शैफ अलग भए ।


 
शाहरुख खान र प्रियंका चोपडा
सिनेमा डनको सुटीङपछि प्रियंका र शाहरुखको  अफेयर छ भन्ने हल्ला सुरु भएको थियो । यसकै कारण शाहरुख र गौरीबिच खटपट छ भन्ने खबर पनि आयो । त्यतिबेला गौरी शाहरुखसँग अलग हुन चाहान्थीन् । फेरी सिनेमा डन २ को सुटङपछि पनि कुरा चल्यो प्रियंका र शाहरुख निकै नजिकीएका छन् । त्यस समय धेरै कार्यक्रमहरु यी दुई साथमा पनि देखिन्थे तर पछि प्रियंकाले भनिन् हामी मात्र मिल्ने साथी हौँ ।


बारबरा मोरी र ऋतीक रोशन
सन् २०१० मा बारबराले अनुराग बसुको सिनेमा काईटबाट बलिउड डेब्यु गरीन् । जसमा ऋतीक उनको अपोजिट रोलमा थिए । त्यतिबेला हल्ला थियो बारबरा र ऋतिकको अफेयर चलेको छ, ऋतिक विवाहित थिए । यहि कारण ऋतिक र सुजैनको छुटापत्र समेत हुन लागेको थियो ।

 तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live