Radio Audio Program

Find us on Facebook

Updates

यी सात विवादले फसेका थिए अमिर । शाहरुखको बिरुद्धमा समेत लेखेका थिए यस्तो ।

मङसीर, काठमाण्डौ
पछिल्लो समयमा असहिष्णुताको बिषयमा एक बयान दिएर अमिर खान फेरी एकपटक विवादमा आएका छन् ।  एक अर्वार्ड फक्सनमा अमिरले भनेका थिए "एकपटक त देशको हालत देखेर श्रीमतीले निकै डराउने कुरा सुनाईन् । किरणले भनेकी थिईन् हामीले देश छाड्नु पर्यो । किरण आफ्ना छोराछोरीको भविष्यलाई लिएर निकै चिन्तीत छिन् । "

 अमिरको यो बयानपछी धेरैले यसलाई खण्डन गरेका छन् । बलिउडका नामी सेलिब्रेटीहरु अमिरको बिरोधमा आएका छन् । उनलाई उनको प्रशंशकहरुले पनि सामाजीक सञ्जालहरुमा आफ्नो विरोध दर्शाईरहेका छन् ।

यो भन्दा पहिले पनि अमिर खान धेरै विवादमा आएका थिए जसले उनलाई फसाएको थियो । धेरै पटक विवादमा घेरीएका अमिरले अभिनेता शाहरुख खानका बिरुद्ध पनि बयान दिएका थिए । 
सन् २००३ मा अमिर खान  विवादमा फसेका थिए जब उनले आफ्नो ब्लगमा लेखे "शाहरुख मेरो खुट्टा चाट्दै छ म बिस्कुट  खुवाउँदैछु । "खासमा शाहरुख एक पेट डगको नाम थियो । यो विवाद निकै बढेको थियो जसमा उनले मिडियाहरुलाई धेरै पटक जवाफ दिनु परेको थियो ।

सिनेमा पि के को  नाङगो पोस्टर 

सिनेमा पि के को  नाङगो पोस्टरका कारण अमिर खान विवादमा आए । जसले गर्दा सिनेमाका निर्देशक राजकुमार हिरानी निर्माता बिधु विनोद चोपडाको बिरुद्धमा उजुरी परेको थियो । गत बर्ष रिलिज भएको सिनेमा पिके को एक सिनमा अमिरले पुलिसलाई ठुल्ला शब्दले सम्बोद्धन गरेका छन् । जसका कारण  दिल्लीको अशोकनगर थानामा उजुरी परेको थियो । यो उजुरी उल्लास पि आरले गरेका थिए । जो एक सर्ट फिल्म मेकर हुन् ।
धार्मीक सगंठनले पनि पिकेको बिरोध गरेका थिए ।  जब हिन्दु सगंठनहरुले सिनेमा धर्मको बिरोध गरेको भन्दै असन्तोष व्यत्त गरेका थिए । सिनेमालाई लिएर धेरै धार्मीक सगंठनहरुले बिरोध पं्रदर्शन गरेका थिए ।

अमिरको बयान पछी फनामा बैन ।
सन् २००६ मा अमिरले गुजरातकी नर्मदा बाँधको उचाई बढाउने कुराको बिरोध गरेका थिए । जसको असर उनको सिनेमा फनाले बेहोर्नु परेको थियो । गुजरातमा केहि समयको लागी त सिनेमा बैन नै गरिएको थियो ।


अमिताभको अभिनयमा कमेन्ट 
सन् २००५ मा अमिर खानले अभिनेता अमिताभ बच्चनको अभिनयका बारेमा बोलेर विवादमा फसेका थिए । अमिताभ बच्चनको सिनेमा ब्ल्याक हेरेपछि अमिरले भनेका थिए "अमिरजीको अभिनय ओभर द टप छ ।" जसलाई कसैले पनि मन पराएनन्  र बिरोध गरे ।

जेसीका सँगको सम्बन्ध र छोरा जान
सन् २००५ मा अमिरको चर्चा निकै भएको थियो । जसको कारण थियो ब्रिटीस जर्नालिस्ट जेसिकासँगको सम्बन्ध । जुन सम्बन्धबाट एक छोरा भएको खबर पनि छापियो । जेसीका लडंनमा आफ्नो छोरासँग बसेकी छिन् । यो खबरको पनि निकै चर्चा भएको थियो ।

विवाह भएको १५ बर्षपछि आमिर खानले आफ्नी पहिली पत्नीलाई धोका दिएका थिए ।  उनले सन् २००२ मा रीनासँग छुटापत्र गरे । जसको कारण उनको र किरण रावको गैरकानुनी प्रेम सम्बन्ध थियो । किरण र आमीरको प्रेम सिनेमा लगामको सेटबाट सुरु भएको थियो । रीनासँग छुटापत्र भएको ३ बर्षपछी आमिर र किरणले विवाह गरेका थिए ।

 तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live