Radio Audio Program

Find us on Facebook

Updates

प्लास्टीक सर्जरी गर्नु पहिले यस्ती थिईन्, बलिउडकी विवादित हिरोईन राखि ।

मङसीर, काठमाण्डौ
बलिउडकी आईटम गर्ल तथा विवादित राखि सावन्त ३७ बर्षकी भईन् । राखि सावन्तको वास्तवीक नाम निरु भेडा हो । बलिउडमा आउनु भन्दा पहिले राखि एक रेष्टुरेन्टमा काम गर्थिन् । उनले यो स्थान पाउनको लागि निकै दुख गरेको बताउँछिन् । उनले मोहबत है मिर्चि बोलको गीतबाट बलिउडमा प्रवेश गरेकी थिई्न । त्यस पछी उनले मे हु ना, दिल बोले हडप्पा, लगायतका सिनेमामा काम गरीन् । उनले बिग बोस सिजन १, नच बलिय सिजन ३ मा पनि सहभागिता जनाएकी थिईन् ।


बलिउडमा विवादित अभिनेत्रीको रुपमा चिनिएकी राखि सन् २००६ मा मिका सिंहको वर्थ डे पार्टीबाट झनै चर्चामा आएकी थिईन् । उक्त पार्टिका मिकाले राखिलाई किस गरेका थिए र त्यहि कुरालाई उनले मिका सिंहलाई  विवादमा पारेकी थिईन् । मिकाले पनि राखिलाई तिखो प्रहार गर्दै एक गीत बनाएका थिए । ऐ भाई तुने पप्पी क्यु लि । 


राखिले प्लास्टीक सर्जरी गरेर पनि चर्चा बटुलेकी थिईन् ।  तर, प्लास्टीक सर्जरीले उनलाई पहिले भन्दा पनि नराम्रो बनाएको छ । राखिका पहिले र अहिलेका केहि तस्वीरहरु हेरेर थाहा पाउन सकिन्छ उनमा कति परिवर्तन भएको छ । 

  
पछिल्लो समयमा राखि सन्नीको विपरित भएर चर्चामा आईन् । उनले सन्नीले गर्दा देशमा नराम्रो सन्देश गएको र भारत छोडेर जानको लागि समेत भनेकी थिईन्् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live