Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
विश्वका सफल व्यक्ति, को कति घण्टा सुत्छन् ?
मंसीर, काठमाण्डौँ । विश्वका २१ सफल व्यक्तिहरुमा गरिएको एक अध्ययनले सफल व्यक्तिहरु औसतभन्दा कम सुत्ने गरेको देखाएको छ । बिल गेट्स, बराक ओबामा, रिर्चाड ब्रानसनलगायतका व्यक्तिमा गरिएको अध्ययनले यस्तो देखाएको हो । २१ सफल व्यक्तिमध्ये ३२ प्रतिशत दिनमा जम्मा ५ देखि ६ घण्टामात्र निदाउने गरेका छन् । औसत मानीसहरु दिनमा ७ देखि ८ घण्टा सुत्ने गर्छन् । यस्तै, १४ प्रतिशत सफल व्यक्ति दिनमा जम्मा ४ देखि ५ घण्टा मात्रै सुत्ने गरेको पाईएको छ । को कति बजे सुत्छन् र उठ्छन् ?
१. बिल गेट्स
विश्वका धनी व्यक्ति बिल गेट्स व्यापारीको साथमा कम्प्युटर प्रोग्रामर हुन् । उनी दिनमा जम्मा ७ घण्टा सुत्ने गर्छन् । रातको १२ बजेदेखि बिहान ७ बजेसम्म उनी निदाउने गर्छन् ।
२. रिचार्ड ब्रानसन
रिचार्ड ब्रानसन भर्जीन ग्रुपका संस्थापक हुन् । विश्वका सफल व्यक्तिमा पर्ने उनी दिनमा ५ देखि ६ घण्टा सुत्ने गर्छन् । मध्यरात १२ बजेदेखि बिहान ५ देखि ६ बजेको बीचमा उनी उठ्ने गर्छन् ।
३. टिम कुक
अमेरिकाको बिजनेस म्यानको रुपमा परिचित टिम कुक एप्पल कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । उनी बेलुका साढे ९ बजेदेखि बिहान साढे ४ बजेसम्म सुत्ने गर्छन् ।
४. एरियन्ना हफिङटन
उनी ग्रीक अमेरिकन लेखक एवं अभिनेत्री हुन् । उनी हफिङटन पोस्टकी को प्रोडुसर एवं सम्पादक पनि हुन् । सफल व्यक्तिमा गनिने उनी सात घण्टा सुत्ने गर्छिन् । राति १० बजेदेखि उनी बिहान ५ बजेसम्म निदाउँछिन् ।
५. इन्द्रा नोई
उनी भारतमा जन्मीएकी व्यापारी हुन् । पेप्सी कम्पनीकी प्रमुख नोई दिनमा जम्मा ५ घण्टा मात्र निदाउने गरेकी छिन् ।
६. ज्याक डोर्सी
सामाजिक सञ्जाल ट्वीटरका को फाउण्डर डोर्सी सफल व्यक्तिको रुपमा गनिन्छन् । यस्तै, मोबाईल पे मेन्ट कम्पनी स्क्वाएरका सिइओ समेत रहेका डोर्सी सात घण्टा सुत्ने गर्छन् । उनको सुत्ने समय राति साढे १० बजे हो भने बिहान साढे ५ बजे उठ्छन् ।
७.बराक ओबामा
अमेरिकाका ४४ औँ राष्ट्रपति बराक ओबामा प्रभावसाली एवं सफल व्यक्तित्व हुन् । उनी दिनमा जम्मा ६ घण्टा सुत्ने गर्छन् । राति १ बजेदेखि बिहान ७ बजे सम्म उनको सुत्ने समय हो ।
८.बेन्जामीन फ्राङलीन
धेरै क्षेत्रमा क्रियाशील बेन्जामीन एक सफल लेखक हुन् । उनी दिनमा सात घण्टा सुत्छन् । बिहान १० बजेदेखि ५ बजेसम्म उनी सुत्छन् ।
९. विन्स्टन चर्चिल
युनाईटेड किंगडमलाई दुई पटक नेतृत्व गरेका चर्चिल चर्चित व्यक्तित्व हुन् । उनी दिनमा जम्मा ५ घण्टा मात्र निदाउँछन् । ढिलो सुतेर ढिलै उठ्ने उनको बानी छ । उनी बिहान ३ बजे सुतेर बिहान ८ बजे उठ्ने गर्छन् ।
१०. मरिस्सा मायर
उनी याहुको प्रमुख हुन् । यस अघि उनी गुगलकी प्रवक्ता थिईन् । उनी ४ देखि ६ घण्टासम्म निदाउँछिन् । मध्यरात १२ बजेदेखि ४ देखि ६ बजेको बिचमा उनी उठिसक्छीन् ।
११. टिम आर्मस्ट्रोङ
एओएलका सिइओ टिम जम्मा ६ घण्टा सुत्छन् । यस अघि उनी गुगलको अमेरिका अप्रेशन प्रमुख थिए । उनी राति ११ बजेदेखि बिहान ५ बजेसम्म निदाउँछन् ।
१२. थोमस इडिसन
उनी अमेरिकन व्यवसायी हुन् । उनले फोनोग्राफ, बल्बलगायतका वस्तुहरु बनाएका थिए । उनी जम्मा ५ घण्टा सुत्ने गर्थे । रातिको ११ बजेदेखि बिहानको ४ बजेसम्म उनको सुत्ने समय थियो ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment