Radio Audio Program

Find us on Facebook

Updates

बाजिराव मस्तानीको ट्रेलर रिलिज, नेपाली सिने क्षेत्रमा समेत हल्ली खल्ली ।

मंसीर ६, काठमाण्डौ
सजय लिला भन्सालीको सिनेमा बाजिराव मस्तानीको
ट्रेलर रिलिज भएको छ । सिनेमामा प्रियंका चोपडा, रनवीर सिंह र दिपिका पादुकोणको अभिनय छ । यस सिनेमाको टक्कर शाहरुख र काजोलको दिलवालेसँग हुनेछ । दिलवालेलाई पनि टे«लर रिलिजसँगै सबैले मन पराएका छन् । दुवैको टे«लर हेर्दा लाग्छ यी दुई सिनेमाको कडा टक्कर हुनेछ ।

टे«लर रिलिजको क्रममा दिपिकाले भनेकी छिन् । "मेरो लागी यो एक सिनेमा नभएर एक अनुभव हो ।  यतिबेला म यति ईमोसनल भएकी छु मन भरिएर आएको छ । रामलीलामा काम गर्ने बेलामा लागेको थियो सायद त्यो मेरो करियरको सबैभन्दा ठुलो सिनेमा हुनेछ । तर बाजिराव मस्तानीमा काम गरेपछी लाग्यो रामलिला, बाजिराव मस्तानीको लागी ट्रेनिङ थियो ।"

यस सिनेमामा रनवीरले अठारौ शाताब्दीको मराठा योद्धा बाजिरावको भुमिका निभाएका छन् । दिपिकाले मस्तानीको भुमिका निभाएकी छिन् भने प्रियंका चोपडा  बाजिरावकी पत्नी काशीबाईको भुमिकामा छिन् ।

बाजिराव मस्तानीको ट्रेलर रिलिज पछि नेपाली सिने क्षेत्रमा पनि चर्चा परिचर्चा सुरु भएको छ । लेखक एवं सिने क्षेत्रमा सक्रिय शान बस्नेतले चलचित्रको ट्रेलर हेरेर आफ्नो लागि एउटा महाकाव्य भएको बताएका छन् । चलचित्र हेर्नका लागि आफु प्रतिक्षारत भएको उनले फेसबुकमा लेखेका छन् । उनको स्टाटसमा नायिकाहरु प्रियंका कार्की, आश्मा डिसीले प्रतिक्रिया जनाएका छन् । प्रियंकाले चलचित्रमा प्रियंका भन्ने बित्तिकै आफुलाई नै सम्झने गरेको बताएकी छिन् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live