Radio Audio Program

Find us on Facebook

Updates

उस्तै अनुहार भएका बलिउड अभिनेत्री , पूर्व प्रेमिकाको रिसले सलमानले खोजेका अभिनेत्री सहित ।

मंसीर ६, काठमाण्डौ
हुबहु उस्तै अनुहार भएका व्यक्तिहरु भेट्न मुस्किल छ । यद्यपी, कतिपयको अनुहारमा समानता देखिन्छ । यो समानता पनि संयोगले देख्न पाईन्छ । बढी चर्चा भएका कारण हुन सक्छ, यस्तो संयोग बलिउडका सेलिब्रेटीसँग अलि बढी भेटिन्छ । एउटा हिट व्यक्तिसँग मिल्दो अनुहार भएका नयाँ कलाकार खोज्ने क्रममा होस् वा अन्य कुनै कारणले एकै अनुहार भएका केहि सेलिब्रेटीहरु बलिउडमासँगै काम गरिरहेका छन् । सलमान खानले आफ्ना पूर्व प्रेमीका ऐश्वर्या र कट्रीनासँगको विछोडपछि उनीहरुसँगै अनुहार मिल्ने नायिकालाई बलिउडमा प्रवेश गराएका थिए । यसको साथमा अन्य देशका भएपनि बलिउड अभिनेत्रीहरुसँग उनीहरुलाई दाँज्ने गरिन्छ ।

कट्रीना कैफ र जरीन खान
अभिनेत्री जरिन खानको नयाँ सिनेमा हेट स्टोरी ३ डिसेम्बर ४ मा रिलिज हुँदैछ । जसमा उनी मुख्य भुमीकामा देखा परेकी छिन् । यस सिनेमामा उनले अहिलेसम्मकै बोल्ड दृश्य दिएकी छिन् । जरीनको हट दृश्यका कारण हेट स्टोरी ३ अहिले चर्चामा छ । सिनेमाको प्रमोशनका क्रममा जरीन आँफैले बताएकी छिन् यस सिनेमामा निभाएको भूमिकाको कारण उनी माथी दर्शकको नजर बदलिने छ । जरीनले सन् २००८ मा सिनेमा वीरबाट बलिउडमा डेब्यु गरेकी थिईन् । उनको अनुहार कट्रीनासँग मिल्ने भएकाले पनि बलिउडका सुपरहिट अभिनेता सलमान खानले जरीनलाई डेब्यु गराएका थिए । अभिनयबाट खासै सफलता नपाएपनि उनले आफ्नो अनुहारबाट भने चर्चा पाएकी छिन् । तर, कट्रीनासँग अनुहार मिलेकै कारण आफुले काम नपाएको जरिनले बताउने गरेकी छिन् ।

ऐश्वर्या राय र स्नेहा उल्लाल

ऐश्वर्या रायको अनुहार र अभिनेत्री स्नेहा उल्लालको अनुहार पनि उस्तै छ । स्नेहालाई पनि सलमानले नै यस क्षेत्रमा प्रवेश गराएका थिए । स्नेहाले बलिउडमा खासै सफलता भने पाईनन् । तर, उनको ऐश्वर्यासँग अनुहार मिल्ने भएका कारण चर्चा भने निकै भएको थियो । स्नेहालाई सलमानले ऐश्वर्यासँग बे्रकअप भएपछी यस क्षेत्रमा ल्याएका थिए । त्यतिबेला ऐश्वर्याको रिसले उस्तै अनुहार खोजेर ल्याएको आरोप सलमानलाई लागेको थियो ।

शेनाक्षी सिन्हा र रीना राय
शोनाक्षीले बलिउडमा प्रवेश गर्ने बित्तीकै मानिसहरुले उनको अनुहारको तुलना अभिनेत्री रीना रायसँग गर्न सुरु गरेका थिए ।  यस कुराले शोनाक्षी भने रिसाएकी थिईन् ।

अनुष्का शर्मा र नाजिया हसीन ।
अभिनेत्री अनुष्का शर्मा र पाकिस्तानी गायिका नाजिया हसिन पनि उस्तै देखिन्छन् । यी दुईको अनुहारमा धेरै समानता पाईन्छ । यीनीहरुको काम फरक भएपनि दुबै हिट भएकाले पनि उनीहरुको मिल्दो जुल्दो अनुहार भएको कुरा बाहिर आएको हो ।

राखी सावन्त र हाईफा वेहवे
लेवानानी गायिका तथा अभिनेत्री हाईफा बेहवेको अनुहारको तुलना  आईटम गर्ल राखी सावन्तसँग गरिन्छ ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live