Radio Audio Program

Find us on Facebook

Updates

​पानी कतिबेला खाने र कसरी खाने ? जान्नुहोस् पानीका फाइदा र बेफाइदा ।

भनिन्छ शरिरको लागि एक दिनमा करिब ३ देखि ४ लिटर पानी आवश्यक पर्छ । जो मानिस पानी कम पिउँछन् तिनीहरुलाई विभिन्न प्रकारका रोग लाग्न सक्छ ।  त्यसैले आधा पेट भोजन गरियो भने बाँकी आधा पानी र बाँकी हावाले भरिएको हुनु पर्छ भनिन्छ । यसलाई सरल भाषामा भन्दा ५० प्रतिशत खाना, २५ प्रतिशत पानी र बाँकी २५ प्रतिशत हावा । पानी हाम्रो जीवन र स्वास्थ्यको लागि जरुरी छ । जतिसुकै फाइदा दिने कुरा भएपनि यसको प्रयोग गलत भयो भने यसले झन बढी हानी पु¥याउन सक्छ । यसर्थ पानी पिउँदा पनि केही कुराहरुमा ध्यान पु¥याउन जरुरी छ ।

१. बिहान उठ्ने बित्तिकै  पिउनु होस् १–२ ग्लास पानी
राति सुत्ने समयमा र बिहान उठ्ने बित्तिकै १–२ ग्लास पानी पिउनु होस् । यसो गर्नाले शरीर भित्रको अधिकाँश फोहर बाहिर निस्कन्छ । छाला र पेट दुवै स्वस्थ हुन्छ ।

२. खाना खानु आधा घण्टा पहिले १ ग्लास पानी पिउनुहोस्
खाना खानु भन्दा पहिले यदी तपाईं पानी पिउनुहुन्छ भने भोक भन्दा कम खाना खानु हुन्छ । खाएको खाना राम्ररी पच्दछ । यो बानी खास गरी मोटोपन बढी भएका मानिसहरुलाई फाइदा हुन्छ ।

३.पानी पीउने बित्तिकै या खाना खाने बित्तिकै पानी नपिउनु
पानी पिउने बित्तिकै या खाना खाने बित्तिकै पानी नपिउनु होस् । किनकी यसो गर्नाले पाचनप्रक्रिया खासै प्रभावकारी देखिँदैन कारण हामीले खाएको खानाबाट हामीले पाउने पुरा पौष्टिक तत्वहरु पाउँदैनौं । साथै खाना पनि राम्रो सँग पच्दैन ।

४.पानीको ठाउँमा दही मोहि पिउनुहोस्
खाना खाने बित्तिकै पानी को सट्टामा दहि वा मोहि पिउनुहोस् बरु यसले फाइदा दिन्छ ।  खाना पनि राम्रो सँग पच्दछ ।

५. भोक लागेको बेलामा पानी पिउनु होस्
यदि तपाई भोक लागेको छ भने सबैभन्दा पहिले पानी नै पिउनुहोस् । र १० मिनेट आराम गर्नुहोस् ।  यदी भोक मेटिएन भने बल्ल केही चिज खानु होस् ।

६. थकाई लाग्दा पानी पिउनु होस्
हाम्रो दिमाग ७५ प्रतिशत पानीले भरिएको हुन्छ । यदि तपाई थकाइलाग्दा पानी पिउनु भयो भने दिमागले  राम्रो संग काम गर्छ र तपाईलाई दिक्क पनि लाग्दैन काम गर्न तिर मन जान्छ ।

७. दिनको शूरुमा धेरै पानी पिउनु होस्
दिनभर धेरै पानी पिउनु राम्रो मानिन्छ । जब साँझ पर्न थाल्छ पानीका सेवन कम गरिदिनुहोस् । जसले गर्दा रात भर बाथरुमामा धाउनु पर्छ ।

८. नुहाउनु भन्दा पहिले पानी पिउनुहोस्
नुहाउनु भन्दा पहिले पानी पिउनाले ब्लडप्रेशर कम गर्नमा सहयता पुग्छ ।  तातो पानीले नुहाउँदै हुनुहुन्छ भने पनि नुहाउनु भन्दा पहिले चिसै पानी पिउनुहोस् ।

९. कसरत गर्नु पहिला र कसरत गरिसके पछि पानी पिउनुहोस्
यदि तपाई कसरत गर्न जाँदै हुनुहुन्छ भने त्यसभन्दा पहिले पनि केही पानी पिएर जानुहोस् । कसरत सकिएपछिको केही समय पछि पानी पिउनु होस् यसले थकाईलाई नियन्त्रण गर्दछ ।

१०. बिरामी हुँदा, स्तनपान गराउँदा या गर्भवती हुँदाका अवस्थामा पनि पानी पिउँनुहोस्
यदि तपाई विमारी हुनु हुन्छ भने पनि तपाईलाई पानी पिउनु जरुरी हुन्छ कारण विमारी हुँदा तपाईको शरीरमा पानीको मात्रा कम हुन्छ ।साथ साथै महिलाहरुले स्तन पान गराउँदा पनि दूधमार्फत पानीको मात्रा शरीर बाट घटेको अवस्था हुन्छ । साथै गर्भवति हुँदाका अवस्थामा पनि पानी अघिपछि भन्दाबढी नै लिनु पछि केही समयको अन्तरालमा । किनकी यस्तो अवस्थामा पानी कम भएमा गर्भाशयमा रहेको बच्चा खेल्न पाउँदैन कारण बच्चा विकास र वृद्धि कम हुन्छ, गर्भाशय सुख्खा हुन्दा बच्चा जन्माउन अप्ठेरो हुने साथै अन्य समस्या देखिन्छ ।

११. उभिएर पानी  नपिउनु होस्
उभिएर पानी पिउँदा घाँटीको समस्या देखिन्छ भनिएको छ । यसैले पानी पिउँदा जहिले पनि बसेर पिउनुहोस् ।

१२. बाहिरको पानी बाट बच्नुहोस्
खुल्ला ठाउँको पानी कहिल्यै नपिउनु होस् किनकी यस्तो पानी अस्वस्थकर हुन्छ । यसले कलेजो र मृगौलामा असर पु¥याउँछ । कलेजो रमृगौलामा असर पुग्नु भनेको पछि गएर मुटुमा समेत असर पु¥याउँछ भनिन्छ ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live