Radio Audio Program

Find us on Facebook

Updates

४ वर्षकी आराध्या बच्चनलाई उपहारमा मिल्यो बि.एम.डब्ल्यू कार । लक्जरी लाईफ जिउने सेलिब्रेटीका छोरीहरु ।

मङसीर २ , काठमाण्डौ । अमिताभ बच्चनकी प्यारी नातीनि आराध्य बच्चन ४ वर्षकी भईन । ऐश्वर्या राय बच्चन र अभिशेष बच्चनकी छोरी आराध्या बच्चन को जन्म १६ नोभेम्बर २०११ मा भएको थियो ।

 आराध्य कम उमेरमै मिडियामा धेरै चर्चित भएकी छिन्  । उनी खास गरी आप्mना अभिभावकका साथ धेरै कार्यक्रमहरुमा देखिन्छिन् । त्यसै त आराध्या सबको आकर्षण छन् भने त्यसमाथि पनि आप्mनो हजुरबुवाको लागि त एकदमै प्यारी ।  त्यसैले त उनका हजुरबुवाले पहिलो जन्म दिनका दिन उपहार स्वरुप बि.एम.डब्ल्यू कार दिएका थिए ।
 यसपालिको वर्थ डे आराध्याले मुम्बईमा निकै रमाईलो गरी मनाईन् । आराध्याको वर्थ डे पार्टीमा बलिउड सेलिब्रैटीहरु पनि आफ्ना छोराछोरीसँग उपस्थीत थिए ।
आराध्याको आरामदायी जीवन
चार वर्षकी आराध्यालाई बचपन देखिनै आरामदायी जीवन जीउने मौका मिल्यो । उनको जीवन कुनै सेलिब्रेटी भन्दा कम  छैन ।  बच्चन परिवारको फेशन डिजाईनर अबू जानी र संदीप खोसला उनको ड्रेस डिजाईन गर्छन् । आराध्य विलो बाम्बरको ज्याकेट र यूजीजी को बुट लगाउँछिन् ।  भारतमा यूजीजीको बुट निकै महंगो पर्दछ । आराध्या धेरै जसो गुलावी कलरको ड्रेसमा देखिन्छिन् । उनको ड्रेसको छनौट उनकी आमा ऐश्वर्याले गर्छिन् ।
 
आराध्याको जस्तै कयौं यस्ता सेलिब्रेटीका बच्चा हरु छन् जसले महंगा, कपडा, खेलौना, ब्राण्डेड बस्तुहरूका साथै आरामदायी जीवन विताइ रहेका छन् । आराध्याको जन्म दिनको मौकामा तिनै यस्ता बच्चाहरुको चर्चा यहाँ प्रस्तुत छ ।

सुरी क्रुज
९ वर्षकि सुरी क्रुज हलिउड अभिनेता केटी होम्स र टाम क्रुज कि छोरी हुन् । उनको जीवन कुनै राजकुमारीको भन्दा कम छैन । उनको कोठामा मिकी माउस,डोल्चे एण्ड गबाना ब्राण्डका कपडा, एवम् खेलौनाहरु का साथै महंगा आइटम रहेका छन् । सूरीका साथमा दुईहजार डलरका रेनकोट छ ।  सूरीको व्याग एवम् गहना पनि त्यत्तिकै लक्जरी छन् ।


 
एमी एन्थोनी
७ वर्षकिी एमी एन्थोनी यी अन्तर्राष्ट्रिय गायक जेनिफर लोपेज कि छोरी छोरी हुन् । एमीलाई सानै उमेरमा पेरिस फेशन वीकमा सामेल हुने  मौका मिल्यो । एमीका साथ लगभग २४ सय डलर पर्ने ऐसेसरीज छ, जसमा लगभग तीनसय डलरको ब्रोच र २१ सय डलर पर्ने व्याग सामेल छन् ।


 
ब्लू आइवी कार्ट
३ वर्षकि ब्लू आइवी कार्टर अन्तर्राष्ट्रिय सिंगर बेयोंस  रेपर जे–जेड कि छोरी हुन् । ब्लू आइवीलाई सानै देखि लक्जरी स्टाइलमा जीवन विताउने अबसर प्राप्त भएको छ । उनको साथमा ५ हजार डलर भन्दा महंगा बाथ टब, ब्राण्डेड गहना, ३५ हजार डलर पर्ने पलङ 
(ओछ्यान) छ ।


 भेलेन्टिना पालोमा पिनाल्ट 
८ वर्षकि भेलेन्टिना पालोमा पिनाल्ट हलिउड नायिका  सलमा ह्याक र फ्रेंकोइस हेनरी पिनाल्ट कि छोरी भेलेन्टिना पालोमा पिनाल्ट अहिले आठ वर्ष कि छन् । उनी महंगा आउटफिट लगाउन, महँगो गहना लगाउन रुचाउँछिन् । उनले सेन्टब्रेट्सको क्यारेवियन क्लबमा छुट्टिमनाइ सकेकी छन् । यतिमात्र नभएर आप्mनी आमा सँग कयौं फिल्मको प्रिमियर सोमा रेड कार्पेटमा वाक पनि गरि सकेकी छन् । ह्याकलाई आप्mनो छोरीले टाउकोमा टोपी लगाएको मन पर्छ । यसको मूल्य मात्र २ सय डलर छ । जब उनी ठूलो हुने छन् उनी लगभग १२ मिलियन डलर को हकदार हुनेछिन् । त्यसका लागि उनका पिताले हर महिना ५०हजार डलर जम्मा गरिरहेका छन् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live