Radio Audio Program

Find us on Facebook

Updates

​दिमागलाई हानी पुर्याउने बानी

तपाईं यो कुरा थाहा पाएर हैरान हुन सक्नु हुन्छ । कि केही बानी व्यहोरा यति  घातक हुन्छन् कि जसले दिमागलाई बिस्तारै बिस्तारै सुस्त बनाई रहेको हुन्छ । यसमा कुनै शंका नै छैन । तनाव सबको जीवनकोको एक हिस्सा बनेको छ । जसले दिमागलाई बिस्तारै सुस्त बनाउँछ । त्यति मात्र नभएर दिमागलाई सुस्त बनाउने केही बानीहरु हामीहरुमा छन जस्लाई जतिसक्दो चाँडो हटाउनुहोस् । 
१. यदि तपाईं बिमारीको समयमा कुनै काम गर्नु हुन्छ भने यो खतरनाक हुन सक्छ । बिरामी भएको बेलामा थप तनाब मनमा लिनाले झन भन्दा झन कमजोर बनाउँछ । बिरामी भएको बेलामा धेरै मन नडुलाउनुहोस् ।
२. बिहानको नास्ता नगर्ने बानीले पनि दिमागलाई हानी पु¥याउँछ । लामो समय सम्म यो प्रक्रिया दोहोरीन दिनु हुँदैन । दिमागको कार्यक्षमता घटाउँछ । थोरै भएपनि हल्का फुल्का नास्ता गर्ने बानी बसाल्नुहोस् ।
३.धेरै खानाले पनि दिमाग क्षतिग्रस्त हुन्छ । शरीरलाई आवश्यक पर्ने भन्दा बढी खानाले पनि दिमागलाई दोधारमा पारिदिन्छ जसले गर्दा इन्सुलिन उत्पादनमा अनियन्त्रित गरिदिन्छ । अनियन्त्रित भोजन नगर्नुहोस् ।
४.शोधबाट पत्ता लागे अनुसार शरिरमा पानीको मात्रा कम हुनाले पनि दिमागमा क्षति पुग्छ । तसर्थ प्रशस्त पानी पिउनुहोस् ।
५.धेरै गुलियो खानाले पनि स्मरण शक्तिलाई हानी पु¥याउँ तसर्थ यस्ता वस्तुको अधिक सेवन नगर्नुहोस् ।
६.रातीमा सुत्दाखेरी मुख ढाकेर सुत्ने बानी छ भने हटाउनुहोस्  किनकी मुख ढाकेर सुत्नाले ताजा हावा शरीरभित्र जान पाउँदैन । यसरी सुत्दा अक्सीजन कमी र कार्वनडाइअक्साईड बढ्न पुग्छ र दिमागलाई हानी पु¥याउँछ । तसर्थ मुख ढाकेर नसुत्नुहोस्
७.तनाबका साथ साथै निद्रा खल्बलियो भने पनि दिमागमा असर पुग्छ । तसर्थ विनाकामको तनाब र लामो समय अनिदो नबस्नुहोस् ।
८.धेरै धुमपान गर्नाले पनि धेरै मानिसलाई कयांै समस्या झेली रहनु परेको देखिन्छ । त्यस मध्ये यसले दिमागलाई पनि असर पु¥याई राखेको हुन्छ । त्यसैले सके सम्म धुम्रपान  नगर्नुहोस् ।
९.अनावश्यक विषयका बारेमा धेरै सोच्ने बानीले पनि दिमागलाई हानी पु¥याउँछ । तसर्थ नगरी नहुने कामका लागि यसको प्रयोग गर्नुहोस् र व्यर्थका सोचाइमा नफँस्नुहोस् । तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ   - See more at: http://aradioaudio.com/news/2324/Kabaddi-Kabaddi-Director-Sleep/#sthash.R2yrmPY6.dpufतपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ   - See more at: http://aradioaudio.com/news/2324/Kabaddi-Kabaddi-Director-Sleep/#sthash.R2yrmPY6.dpuf

Post Comment

Radio Audio Live