Radio Audio Program

Find us on Facebook

Updates

​बिहे गर्दै हुनुहुन्छ ? ख्याल गर्नुहोस् हुनेवाला जीवनसंगी सँग सोध्नै पर्ने पाँच कुरा

विवाह जीवनको निकै महत्वपुर्ण मोड हो । किनकी विवाह पछि मानिसको जीवनमा ठूलो उतारचढाव आउने गर्छ । विवाह हुनुका साथै जिम्मेवारी बढ्नुको आलावा स्वतन्त्रतामा पनि अंकुस लाग्न सक्छ । त्यसैले विवाह हुनु पूर्व सम्भव भएसम्म आफ्नो हुनेवाला जीवन साथीसँग यी कुराहरूका बारेमा  जानकारी लिन सके जीवन सहज हुन्छ ।

करकापमा परेर विवाह गर्न लागेको त छैनौ ?
हुन त आजकल धेरै जसो केटाकेटी प्रेम विवाह गर्न मन पराउँछन् । तसर्थ विवाह पछि यस्ता समस्या नदेखिन पनि सक्छ । तर पनि कहिले काहिँ सानो कुरा नबुझ्दा समस्या जटिल भएर निस्कन सक्छ । त्यसैले हुनेवाला जीवनसाथीसँग यो सोध्नु राम्रो हुन्छ कि तिमी राजी खुशीले गर्दैछौ या पारिवारीक दबाव या सामाजिक दबावको कारणले गर्दै छौ ? कसैको दबाबमा गरिएको विवाहले पूर्णता नपाउन पनि सक्छ । त्यसैले मागी विवाह गर्दै हुनुहुन्छ भने यो कुरा सोध्न नर्बिसनुहोस् ।

 

रुची र व्यवहार  कस्तो छ ?
हुने वाला जीवनसंगीनीलाई  मन पर्ने कुरा र मन नपर्ने कुरा के के छन् ? त्यो बारेमा पनि थाहा हुनु राम्रो हुन्छ । किनकी भोली एक अर्काको भई सकेपछि त्यीनै सानो कुराले खुशि र बेखुशि बनाउन सक्छ । त्यसैले यस्ता कुरा थाहा पाउनाले जीवन तनाब मुक्त हुन सक्छ । जीवन संगी भई सकेपछि हनिमुन जाने देखि लिएर अरु के चाहन्छीन, कस्ता कुरा मन पराउँछिन् । घरकै काममा भूल्न रुचाउने होकी, घुमफिर गर्न रुचाउने हो सबै कुरा थाहा पाउनु राम्रो हुन्छ ।

 

के गर्दा तिमी खुशी हुन्छ्यौ ?
यो एउटा महत्वपुर्ण विषय हो कि कुनै पनि मानिसलाई आफुलाई मन पर्ने कुरा खुल्ला र स्वतन्त्र भएर गर्न पाएन भने त्यसले जीवनलाई तनाबमुक्त बनाउन सक्दैन । त्यही विषय राम्रा कुराहरुको बाधक बन्न पुगेको हुन्छ । तसर्थ हुनेवाला जीवन संगीनीलाई तिमीलाई सबैभन्दा मनपर्ने के हो ? के गर्दा खुशी रहन सक्छौ । कुन कुरामा तिमी खुशी हुन्छौ, विवाह पछि हुने शारिरीक सम्बन्धका बारेमा तिम्रो विचार के छ ? त्यसलाई तिमी कसरी लिन्छौ ? विवाह पछि पनि आफ्ना साथीहरुको सम्बन्ध कस्तो राख्न चाहन्छ्यौ ? यी आदि विषयमा सोधपुछ गरी ढुक्क हुनु पर्छ सोध्नु पर्छ ।

 

जागीरे हुँदा कुनै समस्या ?
हरेक पुरुषले जान्नु पर्ने अर्को कुरा के हो भने विवाह पछि आफ्नो जीवनसंगीनिको जीवनको लक्ष्य के हो ? उसले आउने जीवनलाई के कसरी चल्न चलाउन चाहन्छ ? त्यसबारेमा स्पष्ट हुन जरुरी छ । यदी यस्ता विषयहरू विवादको जड बन्यो भने घर परिवार सुखी हुन सक्दैन । कसैलाई जागीर खान मन लागेको हुन सक्छ ।  कसैलाई कुनै उद्योग सञ्चालन गर्न मन लागेको हुन सक्छ । कसैलाई गृहणीकै रुपमा बस्न मन लागेको हुन सक्छ । कसैलाई व्यापार व्यावसाय गर्न मन हुन सक्छ । यस्ता कुराहरूमा विवाह पूर्व थाहा भए विवाह पछिको जीवनको एउटा पक्ष सहज हुन सक्छ र परिवारीक सम्बन्ध र श्रीमान् श्रीमतीको विचको सम्बन्ध पनि ।  नत्र जीवन तनाव पूर्ण हुनु सक्छ ।

 

परिवार नियोजनका बारेमा कस्तो धारणा ?
विवाह पूर्व परिवार नियोजनका बारेमा आफ्नो जीवन संगीनी सँग कुरा राख्न र त्यसबारे जान्न सके राम्रो हुन्छ । अवश्य पनि विवाह पश्चात सन्तान प्राप्ति त हुन्छ नै । सन्तानै हुँदैनन भन्ने त छैन । तर पनि भए के गर्ने ? नभए के गर्ने ? भन्ने विषयमा अनुमान र त्यसको लेखाजोखाको बारेमा सर सल्लाह एवम् लक्ष्यका बारेमा बुभ्न र बुझाउन त सजिलो हुन्छ । किनकी कति सन्तान पाउने ? तिनको पालनपोषण, शिक्षा, स्वास्थ्य र त्यसको लागि आवश्यक खर्चको व्यवस्थापन के कसरी गर्ने, भनेर त्यसका बारेमा के कस्तो योजना छ त ? भनेर बुझ्न सकिने हुनाले यो जान्नु जरुरी हुन्छ ।

तपाई  FacebookTwitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live