Radio Audio Program

Find us on Facebook

Updates

यस्तो छ सौतेनी आमासँग सेलिब्रेटीको सम्बन्ध ।

कार्तीक १२, काठमाण्डौ
हेमा मालिनी धमेन्द्रकी दोस्रो पत्नी हुन् । धमेन्द्र र उनकी पहिली पत्निीबाट जन्मीएका सनि देओल बबि देओलको सम्बन्ध हेमा र उनले जन्माएका दुई छोरी ईशा र अहानासँग पनि  राम्रो छैन । सनि र बबिले नत  बहिनीहरुसँग रक्षा बन्धनमा राखी बाधेको खबर आएको छ नत बहिनीको विहेमा सामेल भएको । उनिहरुले कहिल्यै पनि हेमाको बारेमा खुलेर बोलेका छैनन् । सनि र बबि मात्रै नभएर बलिउडमा अन्य स्टारहरु पनि छन् जसले पिताको दोस्रो विहेलाई सजिलै स्वीकार गर्न सकेनन् । कतिको सम्बन्ध समयसँगै राम्रो भयो त कतिले भने अझै पनि सौतेनी आमालाई स्वीकार गर्न सकेका छैनन् ।
अर्जुन कपुर 
अभिनेता अर्जुन कपुर र उनकी सौतेनी आमा श्रीदेवीको सम्बन्ध भने राम्रो छैन । अर्जुनले श्रीदेवीका बारेमा भनिसकेका छन् की उनि मात्र उनकी पिताकी पत्नी हुन्  त्यो भन्दा बढि हैन ।  अर्जुन कपुर बोनी र उनकी पहिली पत्नी मोनाका छोरा हुन् । जब बोनीले मोनालाई डिभोर्स दिएर श्रीदेवीलाई विहे गरे त्यसपछि देखि हालसम्म श्रीदेवी र अर्जुन कपुरको सम्बन्ध राम्रो देखिएको छै्रन ।

सलमान खान 
सलमान खानले हेलनलाई कहिल्यै पनि महसुस गराएनन् उनि सलमानकी सौतेनी आमा हुन् । अरबाज र सोहेलले पनि सौतेनी आमालाई निकै नै राम्रो व्यवहार गर्छन् । त्यस्तै हेलेनले पनि सलमान लगाएत अरबाज, शोहेललाई अहिलेसम्म सौतनी आमाको आभास समेत हुन दिएकी छैनन् । सलमानका पिता मुस्लीम, आमा हिन्दु र सौतैनी आमा क्रीस्चीयन हुन् । हेलेन र सलिमकी छोरीको नाम अर्पिता हो । अर्पितालाई उनिहरुले धर्मपुत्री बनाएर पालेका हुन् ।


सारा खान
सारा खान र उनकी सौतैनी आमा करिनाको सम्बन्ध सामान्य छ ।  सारा आफ्नी सौतेनी आमा करिनाका स्टाईललाई कपि गर्ने गर्छिन् । सारा करिना र सैफको विहेमा पनि सामेल भएकी थिईन् । करिनाले पनि सारा र उनका भाई ईब्राहिमको निकै ख्याल राख्छीन् ।  कफि वीद करनमा करिनाले बताएकी थिईन् अमृता निकै राम्री आमा हुन् जसले छोरा र छोरीलाई निकै नै राम्रो संस्कार दिएकी छिन् । करिना सारा र ईब्राहिमलाई साथि मान्छीन् । शैफ अलिले पहिली पत्नी अमृता सिंहलाई डिभोर्स दिएर करिना कपुरसँग विहे गरेका हुन् । सारा र ईब्राहिम शैफ र अमृताका छोरा छोरी हुन् ।


फरहान अख्तर 
फरहान अख्तरको सौतेनी आमा सबाना आजमीसँग निकै राम्रो सम्बन्ध छ । फरहानका पिता जावेद अख्तरले उनिकी आमा हनी ईरानीलाई डिभोर्स दिएर सबाना सँग विहे गरेका थिए । त्यतिबेला फरहान पिता जावेदलाई घृणा गर्थे । ए कार्यक्रमको सिलसिलामा फरहानले भनेका थिए जब बुवाले आमालाई छोडेर दोस्रो विहे गर्नु भयो तब म उहाँको विपरित थिए  तर सबानाले हामीलाई राम्रो गर्नुभयो स्पेस दिनु भयो विस्तारै विस्तारै सबै ठिक भयो ।

प्रतीक बब्बर 

अभिनेता प्रतिक बब्बरले जन्मेको केहि घण्टामै आफ्नी आमा स्मीता पाटिललाई गुमाएका थिए । त्यसपछि उनको पालन पोषण  उनकी हजुरआमाले गरेकी थिईन् ।  राज बब्बरले सधै मायाले प्रतिकको नाम लिने  गरेका छन् तर प्रतिकले भने हालसम्म राज र उनकी पहिली पत्नी नादिराकोे  कुरा पनि त्यति राम्रो सँग गरेको पाईदैन । यति मात्रै हैन उनि आफ्नो नामको पछाडी बब्ब्र पनि लेख्न चाहादैनन् । उनि आफुलाई मात्र प्रतिक भन्न मन पराउँछन् ।

तपाई  FacebookTwitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live