Radio Audio Program

Find us on Facebook

Updates

​पुरुषले कहिल्यै ख्याल गर्दैनन् महिलाका यी समस्या

कतिपय समस्यासँग जुध्दै गर्दा थुप्रै महिलामा पुरुष बन्ने इच्छा प्रकट हुन्छ । त्यस्ता समस्या बारेमा पुरुषले बेवास्ता गर्ने भएकाले पनि उनीहरुमा यस्तो इच्छा प्रकट हुने गर्छ । महिलाले भोग्ने कतिपय शारिरीक एवं व्यवहारीक समस्याहरु छन् जुन पुरुषले कहिल्यै भोग्नु पर्दैन । त्यसैले पुरुषले त्यी समस्या बारेमा खासै ख्याल राख्दैनन् । तर, अधिकाँस महिलाको मनले भने आफ्नो पुरुष साथीले त्यस्ता समस्याबारेमा चासो राखिदिए हुन्थ्यो भन्ने चाहाना राख्छन् । महिलाहरुको त्यस्ता समस्याहरुमा पुरुषहरुले साहानुभुति देखाउँदा मात्रै पनि उनीहरु खुशि हुन्छन् ।

माहिनावारी (मासिक श्राव)
हरेक वयस्क महिलाको लागि महिनामा ४–५ दिन महिनावारीको पीडाले सताएको हुन्छ । यो समयमा अधिकांश महिलाहरुलाई असाध्यै अप्ठेरो परेको हुन्छ । जसले गर्दा उनीहरुमा चिडचिडेपन देखिने, हतासिएको आत्तिएको जस्तो देखिने, डराएको जस्तो देखिने हुन्छ । कहिँ कपडामा कुनै दाग पो देखिएको छ कि ? अञ्जानमा ब्याग खुलेर सेनिटरी प्याड खस्ने हो कि, देखिने पो हो कि ? यस्ता समस्या सँग पुरुषले केही वास्ता गरेका हुँदैनन् तर हरेक महिलालाई यो कुराले असजिलो बनाई रहेको हुन्छ ।

 

खुल्ला स्तन पान
कुनै महिलाको लागि आमा बन्नु खुशीको कुरा हो । तर बच्चालाई सम्हाल्न मुश्किल कुरा हो । यो चानचुने कुरा होइन । चूनौतीपूर्ण कुरा हो । जब बच्चालाई भोक लाग्छ उ रोइदिन्छ । उसलाई ठाउँ, समय, परिस्थितिको कुनै ख्याल हुँदैन । तर समस्या आमा अर्थात् महिलालाई पर्छ । चाहे यात्राको समय होस्, बजार होस्, सार्वजनिक स्थल होस्, सभा सम्मेलन होस् उ रुन्छ उसलाई दूध ख्वाउनै पर्छ । तर समस्या महिलालाई हुन्छ कि माथि उल्लेखित स्थानमा बसेर सहज रुपले कुनै पनि महिलाले बच्चालाई दूध ख्वाउन अप्ठेरो हुन्छ । यो कुरालाई पुरुषले कुनै मतलबै राखेको हुँदैन ।

 

कपडा (पहिरन)
कयौं महिला यस्ता हुन्छन जो परम्परागत कपडा पहिरिएका हुन्छन् भने केहीले आधुनिक पहिरन पहिरिएका हुन्छन् जसले उनीहरुलाई अप्ठेरो पारेको हुन्छ । कयौं पटक यस्तो समय आउँछ जब उनले अरुको खुशीको लागि उनको अनुसार कपडा लगाउनु पर्ने हुन्छ ।

 

घर र अफिसको एकसाथ सम्हाल्नु
घर र अफिसको एक साथ सम्हाल्न कसैको लागि सजिलो छैन । धेरै जसो महिलाले यो सबै एक्लैले सम्हाल्नु पर्छ । उनले बच्चाको होमवर्क देखि लिएर आफ्नो अफिस प्रोजेक्ट सबै काम सम्हाल्न पर्छ ।  यो बहुत मुश्किल चिज हो । जसको महसुस पुरुषलाई भन्दा महिलालाई बढी हुन्छ ।

 

आफ्नो लागि समय
हरेक मानिसको लागि आफ्नो लागि समय चाहिन्छ । घर र अफिसको जिम्मेवारी निभाउँदा निभाउँदै बचेको समयमा उसले आफ्नो लागि केही गर्न र सोच्न समेत फुर्सद पाएकी हुदिँनन् । कयौं पटक यस्तो भएपछि यो पनि उनको लागि तनाबको कारण बन्न पुग्छ । अनि चिडचिड हुने, झन्झट मान्ने, झर्कने आदि गर्दछन महिलाहरू यो कुरा पुरुषले कमै मात्रामा बुझ्दछन्  । 

तपाई  FacebookTwitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live