Radio Audio Program

Find us on Facebook

Updates

दिमाग हल्लाइ दिने सत्य !! ध्यानपुर्वक दुईपटक पढ्नुहोस ।

जुन दिन हाम्रो मृत्यु हुन्छ, हाम्रो पैसा बैंकमा नै रहन्छ । हामी जिउँदो हुँदा लाग्छ हामी सित खर्च गर्न पर्याप्त धन छैन । जब हामी जान्छौ तब धेरै धन बिना खर्च नै बचेर जान्छ । एकजना चिनियाँ बादशाह को मृत्यु भयो । उ आफ्नो विधवाको लागि बैंकमा मिलियन डलर छोडेर गयो । विधवाले जवान नोकरसित विवाह गरिन । त्यो नोकरले भन्यो “म हमेशा सोच्थे कि म आफ्नो मालिकको लागि काम गर्थे, तर अब दिमागमा आयो कि मालिक नै हमेशा मेरो लागि काम गथ्र्यो” यसबाट के सिक्न सकिन्छ ?

१. अधिक धन आर्जन गर्नुभन्दा अधिक जीवन बाँच्न सिकौ ।
२. राम्रो र स्वस्थ शरीरको लागि प्रयास गर्नुस ।
३. महंगो फोनको ७० प्रतिशत फंकशन अनुउपयोगी रहन्छ ।
४. महंगो कारको ७० प्रतिशत गतिको उपयोग हँुदैन ।
५. पुरै अलमारी दराजमा ७० प्रतिशत कपडा त्यतिकै राखिएको हुन्छ ।
६. पुरै जिन्दगीको ७० प्रतिशत कमाई अरुको उपयोग को लागि छुट्ने गर्छ ।
७. ७० प्रतिशत गुणहरुको उपयोग हुँदैन भने ३० प्रतिशत गुणहरुको उपयोग कसरी हुन्छ ।

यी कुराको पालना गर्नुहोस् ।
स्वस्थ भएर पनि निरन्तर चेक अप गर्नुस ।
प्यास नलागे पनि पानी अधिक पिउनुस ।
हरेक पल मा आफ्नो अहम त्याग्नुस ।
शक्तिशाली भएर पनि सरल हुनुस ।
धनी नभएर पनि परीपुर्ण हुनुस, सुन्दर जीवन जिउनुस ।
 
यी कुरालाई नियन्त्रणमा राख्नुहोस् ।
काबुमा राख्नुस - प्राथनाको समयमा आफ्नो दिललाई ।
काबुमा राख्नुस - खाना खाने समयमा पेटलाई ।
काबुमा राख्नुस - कसैको घर जादा आँखालाई ।
काबुमा राख्नुस - कार्यक्रममा जाँदा आफ्नो बोलीलाई ।
काबुमा राख्नुस - अर्काको धन देख्दा लोभलाइ ।

यी कुरालाई भुल्ने प्रयास गर्नुहोस् ।
भुलीदिनुस - आफ्नो राम्रो कर्मलाई ।
भुलीदिनुस - अर्काको गल्तिलाई ।
भुलीदिनुस -  अतितको तितो संस्मरणलाई ।

यी कुरालाई छोड्नुहोस् ।
छोडीदिनुस - अरुलाई तल देखाउन ।
छोडीदिनुस - अर्काको धनमाथी चाहना राख्न ।
छोडीदिनुस - अरुको सम्वृद्धी देखेर जल्न ।
छोडीदिनुस - अर्काको चम्चागीरी गर्न ।
छोडीदिनुस - अरुको सफलतामा दुखी हुन ।

तपाई  Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live