Program Archive
- Sali Vena [ Listen ] [ Download ]
- Gausahar Express [ Listen ] [ Download ]
- Pari Ko Sorry [ Listen ] [ Download ]
- Je Aauchha Mazzale Hasauchha [ Listen ] [ Download ]
- Radio Ma Diusai Rodhi [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
Find us on Facebook
Updates
काँडाको बाटो हुँदै 'क्विन'सम्म : नागरिकन्यूज
कडा संघर्ष मेहनत गरेर अलग पहिचान बनाउने बलिउड अभिनेत्रीमध्ये एक हुन्, कंगना रनोट। ुबोल्डु भूमिकाका लागि चिनिने उनले थुप्रै हिट फिल्म दिएकी छिन्। ुबोल्डु अवतार र अभिनयका कारण उनी चर्चामा छिन्। गत वर्ष मार्चमा रिलिज भएको फिल्म क्विनु मा उनको भूमिकालाई यति मन पराइयो कि हिजोआज उनलाई क्विनु भनेर सम्बोधन गरिन्छ। कंगनाको अभिनय यात्रा अनेकौँ घुम्ती र मोड हुँदै यहाँसम्म आइपुगेको हो।
दिल्लीको अस्मिता थिएटर ग्रुपबाट कंगनाको अभिनय करिअर सुरु भएको थियो। उनले रंगमञ्च निर्देशक अरविन्द गौडसँग अभिनय प्रशिक्षण लिएकी थिइन्। अरविन्दको थिएटर कार्यशाला इन्डिया ह्याबिटेट सेन्टरुमा सहभागी भएर कंगनाले थुप्रै नाटकमा काम गरिन्। उनले अभिनय गरेको पहिलो नाटक ुरक्त कल्याणु हो।
बलिउडमा उनलाई अवसर दिए, निर्देशक महेश भट्टले। फिल्म ग्याङस्टरु कंगनाको पहिलो फिल्म थियो। यस फिल्मबाट उनले सर्वश्रेष्ठ नवअभिनेत्रीको फिल्म फेयर अवार्ड प्राप्त गरिन्। यस फिल्मको सफलतापछि उनलाई बलिउडमा मीनाकुमारीजस्ती ट्र्याजिडी क्विनु भन्न थालियो। उनले फेशनु, वो लम्हेुं, लाइफ इन मेट्रोु, वन्स अपन ए टाइम इन मुम्बईु, रिभल्भर रानीु जस्ता सुपरहिट फिल्म दिएकी छिन्।
कंगनाले एउटा अन्तर्वार्तामा बताएकी थिइन्– अभिनयलाई करिअर बनाउने आफ्नो सोच बुबालाई सुनाउँदा उनी असाध्यै रिसाएका थिए। कतिसम्म रिसाएका थिए भने उनले छोरीलाई घरबाट निक्लीु सम्म भनेका थिए। कंगनाका लागि अभिनय नै सबथोक थियो। त्यसैले उनी आफ्नो सपनाको बाटो हिँड्दै खाली हात घरबाट निक्लेकी थिइन्।
बुबामात्र होइन, हजुरबुबालाई पनि कंगनाको अभिनय मोह पटक्कै मन परेको थिएन। नातिनीको पहिलो फिल्म ग्याङस्टरु हेरेपछि हजुरबुबा रिसले आगो भएका थिए। उनले कंगनालाई आफ्नो नाम पछाडिको थरसमेत हटाउन भनेका थिए। हजुरबुबाको क्रोधको कारण थियो– कंगनाले फिल्ममा दिएका चुम्बन दृश्यहरू।
कंगनाका बाबु अमरदीप व्यापारी हुन् भने आमा शिक्षिका हुन्। दिदी रंगोली उनकी म्यानेजर हुन्। कंगनाको भाइको नाम अक्षत हो।
डर्टी पोलिटिक्सको शिकारु
लामो अन्तरालपछि मल्लिका शेरावत ठूलो पर्दामा देखिइन्। केसी बोकाडिया निर्देशित फिल्म डर्टी पोलिटिक्सुबाट अभिनयमा फर्केकी उनले यस फिल्मबाट ठूलो अपेक्षा गरेकी थिइन्। तर, फिल्मले सोचेअनुसारको व्यापारिक सफलता दिन सकेन।
फिल्ममा मल्लिका र ओम पुरीका बोल्ड सिनु छन्। यी दुईले दिएका दृश्यहरू चर्चित भए।
फिल्म डर्टी पोलिटिक्सुमा मल्लिकाका साथै ओम पुरी, आशुतोष राणा, ज्याकी स्रोफ, अनुपम खेर, अतुल कुलकर्णी, सुशान्त सिंह, राजपाल यादव र नसिरुद्दिन शाह पनि महवपूर्ण भूमिकामा छन्।
फिल्मको नामझैँ मल्लिका पनि आफू थु्प्रै पटक डर्टी पोलिटिक्सुको शिकार भएको बताउँछिन्।
बलिउडमा प्रायः के देखिन्छ भने कुनै एउटा फिल्ममा कसैलाई हिरोइन लिइन्छ र केही दिनपछि नै उसलाई त्यो फिल्मबाट निकालिएको खबर आउँछ। निर्देशक र अभिनेताका रुचि र स्वार्थका कारण यस्तो हुने गर्छ। मल्लिका पनि आफूलाई त्यस्तै आइलागेको बताउँछिन्।
उनले भनिन्, म कैयौँ पटक जिन्दगीमा डर्टी पोलिटिक्सको शिकार भएकी छु। राम्रो फिल्म प्रोजेक्ट हातमा पर्छ। मलाई हिरोइन लिने तय हुन्छ तर पछि हिरोलाई अर्की हिरोइन मन पर्छ। र, म फिल्मबाट निकालिन्छु।
यस्तो राजनीतिको आफू पटक–पटक शिकार भएको बताउँदै उनले थपिन्, मेरा सन्दर्भमा धेरै पटक यस्तो भएको छ। डाइरेक्टर आफ्नी प्रेमिकालाई काम दिन्छ र मलाई फिल्मबाट निकालिदिन्छ। यस्तो राजनीति थुप्रै पटक भएको छ।
ुबोल्ड सिनु दिनु मल्लिकाका लागि नौलो कुरो होइन। उनले थुप्रै फिल्ममा ुहटु अवतारमा प्रस्तुत भएर आफ्नो साहसको परिचय दिइसकेकी छिन्। डर्टी पोलिटिक्सुमा पनि उनले ओम पुरीसँग पर्याप्त बोल्ड सिनु दिएकी छिन्। ओम पुरीसँग यस्ता दृश्य दिनु मुश्किल भए पनि पुरीकै कारण सम्भव भएको उनले बताइन्। ओम पुरी वरिष्ठ कलाकार हुन्। उनीसँग बोल्ड सिन गर्नु सजिलो थिएन। तर, उनले आफूले यस्तो दृश्य फिल्म आस्थाुमा रेखासँग गरिसकेको बताएर मेरो हिचकिचाहट दूर गरेका थिए। उनी अत्यन्तै प्रोफेसनलु कलाकार हुन्। त्यसैले मैले धेरै अप्ठ्यारो महसुस गर्नु परेन।






Post Comment