Program Archive
- Khuldulee.com [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Sali Vena [ Listen ] [ Download ]
- Radio Ma Diusai Rodhi [ Listen ] [ Download ]
- Je Aauchha Mazzale Hasauchha [ Listen ] [ Download ]
- Pari Ko Sorry [ Listen ] [ Download ]
- Gausahar Express [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
Find us on Facebook
Updates
ओली निवासमा एमाओवादी नेताको लर्को ; नागरिकन्यूज
काठमाडौं—उखान टुक्का प्रहार गर्दै एमाओवादीलाई 'साइज'मा ल्याउन तल्लिन एमाले अध्यक्ष केपी शर्मा ओलीकी निवासमा आज बिहानैदेखि एमाओवादी शीर्ष नेताहरुको लर्को लागेको छ। सत्ता समीकरण परिवर्तन हुने चर्चा चलिरहँदा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरु कृष्णबहादुर महरा टोपबहादुर रायमाझी ओली निवास पुगेका हुन्।
ओली निवासमा भएको बैठकमा एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष वामदेव गौतम, विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल र प्रमुख सचेतक अग्नि खरेल सहभागी थिए।
'बैठकले संविधान निर्माण गर्ने दायित्व सम्झी छलफल जारी राख्ने' साझा निष्कर्ष निकालेको छ।
दोस्रो र तेस्रो ठूलो दलका नेताहरुले आज बिहानको खाना ओली निवासमै खानेगरी वार्ता भएको हो। दुई दलबीचको असमझदारी र आरोप-प्रत्यारोपलाई अन्त्य गर्न एवं राजनीतिक हातेमालोका लागि नयाँ सम्बन्ध स्थापित गर्न बैठक केन्द्रित थियो।
दुवै दलबीच लामो समयपछि वार्ता भएको हो।






Post Comment