Radio Audio Program

Find us on Facebook

Updates

नाङ्गै भएर सुत्दा फाईदै फाईदा ।

काठमाण्डौ ,कपडा लगाएर भन्दा नाङ्गै सुत्नु ज्यादै फाइदा हुने कुरा सावित भएको छ ।  यस कुराको दावी स्वास्थ्यसँग जोडिएका विशेषज्ञहरूले गरेका छन् । स्वास्थ्यसंग सम्बन्धित विशेषज्ञका  अनुसार नाङ्गै सुत्नाले शरीरको तापमानलाई नियन्त्रित गर्नमा मद्दत गर्छ र रातमा निद्रा लाग्छ ।

डेली मेलको रिपोर्ट अनुसार अमेरिकामा धेरै मानिस नाङ्गै भएर सुत्न मन पराउँछन् । मेन्स हेल्थका परामर्शदाता डब्ल्यू क्रिस्टोफर विंटर (एमडी) का अनुसार शरीरको तापमान पुरै रातमा कहिले कम कहिले बढी भैरहेको हुन्छ ।  सुत्दा खेरी शरीर केही चिसो हुन्छ भने उठ्दापछि  केही तातो हुँदै जान्छ ।  

विन्टरका अनुसार शरीरको ताप     क्रम कम हुनुमा रातको समयमा लगाइएको कपडाले तपाईंलाई गर्मी हुन्छ र तपाईं कोल्टो फेर्न थाल्नु हुन्छ अनि तपािँईको निन्द्रा खलबलिने सम्भावना बढि हुन्छ ।  
 
रिपोर्टमा भनिएको छ कि बिना कपडा सुत्नुका केही फाइदाहरु छन् । पत्रिका डायविटिजमा छापीएको रिपोर्ट अनुसार नाङ्गै सुत्नाले वजन पनि कम गर्न मद्दत मिल्छ ।

मेन्स हेल्थका अनुसार गहीरो निद्राले तपाइको पाचन क्रियालाई तिब्र गर्नुका साथै गर्दनमा चिल्लो पदार्थको उत्पादन पनि बढाउँछ । जसले शरीरमा तापक्रम बृद्धि गर्न सहायता गर्छ ।
अटलांटिक सिटीका यूरोलोजिस्ट ब्रायन स्टेक्सिनरका अनुसार नाङ्गै भएर सुत्नाले नीजि अंगको सुरक्षा हुन्छ ।  पाइजामा र अन्य वस्त्रले शरीर भित्र तापक्रमलाई असन्तुलित बनाई राख्न सक्छ । जसका कारण ब्याक्टेरिया उत्पन्न हुन सक्ने खतरा हुन्छ ।  पुरुष र महिला दुबै यदी हावाचल्ने ठाउँमा सुतेका छन् भने जननाङ्ग ज्यादा स्वस्थ्य रहन्छ भनिएकोछ ।

मेन्स हेल्थका अनुसार नाङ्गो सुत्नाले शुक्राणुको उत्पादन बढाउँछ । कस्सिएको लुगा एवम् तात्तिएको अण्डकोष स्वस्थ्य  शुक्राणु उत्पादनको लागि राम्रो मानिदैन । राम्रो निद्राले तनाव कम गर्नुको साथै हार्मोनलाई नियन्त्रीत गर्न मद्दत गर्छ । विशेषज्ञका अनुसार विपरित लिङ्गीका साथ नाङ्गै सुत्नाले अ‘ाक्सीटोसीन को स्तर बढ्छ । 

तपाई  Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live