Radio Audio Program

Find us on Facebook

Updates

तपाईंको सुत्ने तरीकामा लुकेको हुन्छ तपाईको सफलताको राज

काठमाण्डौ,१.     विहान विहानै उठने मन त कसैको पनि हुँदैन एकैछिन भएपनि अधिकांश मानिसलाई अझै सुतौं भन्ने लागेको हुन्छ। हप्तामा एक दिन त तपार्इं यो चाहानालाई पुरा गरेर छाड्नु हुन्छ । त्यो हो सार्वजनिक विदाको दिन । तर सुत्ने बेलामा ध्यान दिनुहोस् तपाईं कसरी सुत्नु हुन्छ । तपाईंले आप्mनो सुत्ने तरिका याद गर्नुहोस् तपाईं आप्mनो बारेमा धेरैकुरा थाहा पाउन सक्नु हुन्छ । हेर्नुहोस् त्यस्ता केही तरिका जस्ले तपाईं आफैले आफैलाई कस्तो खालको मानिस हुँ भनेर थाहा पाउन सक्नुहुन्छ ।

२.     केही मानिसको आप्mनो शरीरलाई मोडेर सुत्ने बानी हुन्छ । यस्ता मानिसहरु आरामसँग बस्न मन पराउँछन् । यस्ता मानिस धेरै भन्दा धेरै सुखका साथ जिवन बिताउन चाहान्छन् । यस्ता मानिसमा आत्मविश्वासको कमी हुन्छ । यस्ता मानिस आप्mना विषयमा कुनै पनि कुरा गर्न हिचकिचाउँछन् । अरुका कुरा सुनेर अनावश्यक त्रासमा बस्ने खालका हुन्छन् ।

३.     बेलायतमा भएको एक अनुसन्धानका अनुसार सुत्नेको तरीकाले मानिसको व्यक्तित्व दर्शाउँछ भनिएको छ ।  आज जुन परिस्थितिमा हुनुहुन्छ त्यसको असर पनि सुत्ने तरीकामा भर परेको छ भनिएको छ ।

४.     यदि तपाईं कोल्टो परेर सुत्नु हुन्छ भने तपाई चाहिने भन्दा बढी कुराको बारेमा सोच्ने चिन्तित हुने खालका मानिसमा पर्नुहुन्छ ।

५.     तपाईं हातलाई मोडेर पेटमा राखेर सुत्नु हुन्छ भने तपाईं अनेक कुरा सोचेर त्यसैमा मस्त हुने खालको मानिसमा पर्नुहुन्छ । तपाई इच्छा आकांक्षाहरू अनन्त हुन्छन् ।

६.     केही मानिसका यस्तो बानी हुन्छ कि खुट्टा माथि खुट्टा खप्टाएर सुत्ने । यसरी सुत्ने मानिसहरू आप्mना भन्दा अरुका विषयमा बढी सोच्ने खालका हुन्छन् ।  यस्ता मानिसलाई यही चिन्ता बढी हुन्छ कि आप्mना कुनै कुराले अरुलाई अप्ठेरो नहोस् । वास्तुका अनुसार यसरी सुत्नु राम्रो मानिदैन । भनिन्छ यस्ता मानिसको आयु छोटो हुन्छ ।

७.     धेरै मानिस पेटको बलका आधारमा सुत्न मन पराउँछन् । समुद्रशास्त्रका अनुसार यसरी सुत्ने मानिस कुनै कुराको जिम्मेवारी नलिनेखालका हुन्छन् । यिनका सामु कुनै चुनौति सामना गर्नु पर्ने अवस्था आयो भने आत्तिने खालको बानी हुन्छ । त्यसैले ढाडका बलमा सुत्ने जतिको उत्तम बानी अरु छैन ।
८.     ढाडका बलमा सुत्ने मानिस जहिले पनि पूmर्तिला हुन्छन् भनिएको छ । यस्ता मानिस जिम्मेवारीबाट पछि नहट्ने खालका हुन्छन् । यस्ता मानिस सबै भन्दा बढी आलोचक हुन्छन् । हरदम वास्तविक भन्दा बढी परिणाम फलको आशा राख्ने खालका हुन्छन् । कुनै पनि चुनौतीको सामना  गर्न पछि नहट्ने खालका हुन्छन् ।
९.     अफिसमा अबेरसम्म काम गर्ने घर फर्केर पनि घण्टौं सम्म टेलिभिजन हेर्ने, कम्प्यूटरमा काम गर्ने, हरुलाई कहिले निद्रा लाग्छ कहिले लाग्दैन र कहिले धेरैबेर सम्म सुत्ने गर्छन । निद्राको सन्तुलनमा जब गडबड हुन्छ तब तपाईका हरेक सफलतामा पनि बे्रक लाग्न सक्छ । त्यसैले भनिन्छ सुत्दा पनि एउटा रुटिङ अनुसार भयो भने सफलता पनि त्यसैगरी मिल्छ ।

१०.    निद्रासँग जोडिएका तपाईंका गलत बानीका कारण तपाईंलाई धेरै नोक्सान परेको हुन सक्छ त्यसैले तपाईंको व्यक्तित्व र कार्यक्षमतामा पनि यस को गलत असर पर्न सक्छ । थाहापाई राख्नुहोस् निद्रा सन्तुलित भएन भने कसरी तपाईको कार्यक्षेत्रमा कत्तिको असर परेको हुन्छ र फाइदा या बेफाईदा । तपाईं आफै पनि यसको अनुमान लगाउन सक्नु हुन्छ ।

११.    सामान्य व्यक्तिको लागि कति घण्टा सुत्नु आवश्यक छ कयौं शोध तथा अनुसन्धान भए तर यसबारे मानिसका धारणा बेग्लाबेग्लै छन् । तर पनि निद्राको हद कति अथवा कति समय सुत्नु राम्रो मान्ने भन्ने प्रश्न मात्र हो । अनुसन्धानमा जे जस्ता कुराहरु उल्लेख भए पनि मानिसका लागि सुत्ने समय भनेको कम्तीमा ६ घण्टा हो भने बढिमा ९ घण्टा सही मानिएको छ ।

१२.    सुखी जीवनको लागि भरपुर निद्रा मात्रै जरुरी होइन । कुरा के हो भने तपाईंको सुत्ने तरीका या समय के हो ? कति हो ? महत्वपूर्ण कुरा त्यो हो । यदी तपाईं दिनहूँ रातमा कति बेला सुत्नु हुन्छ र विहान कतिबेला उठ्नु हुन्छ । केही मानिस हप्तामा एक दिन अवेला सम्म सुत्छन् । यो बानी खासै उत्तम होइन । सुत्ने बिषयमा पनि एक खालको रुटिङ अत्यावश्यक हुन्छ जस्तो खानाको हुन्छ । खानाको जस्तै निद्राको पनि रुटिङ भएन भने त्यहीँबाट रोग लाग्न शुरु हुन्छ ।

१३.    निद्रा कम लिने या चाहिने भन्दा बढी । निद्राको सन्तुलन गडबड भयो भने यसको कयौं नोक्सान भोग्नको लागि बाध्य हुनुपर्छ । कम सुत्ने मानिसको एक निश्चित खालको जीवन हुँदैन । यसले उसको कार्य क्षमतामा पनि प्रभाव पारेको हुन्छ । दिक्दारी, टाउको दुख्ने, आलस्य हुने, शरीरमा कहिले पूmर्ति नदेखिने । सधैं 
उदास ।

१४.   विना रुटिङ सुत्ने बानीले कार्यक्षमतामा प्रभाव पारेको हुन्छ । यसैले खाना र निद्रामा जहिले पनि सजग हुनु आवश्यक छ । सावधानी अपनाउनु पर्ने हुन्छ । सुत्ने र टिभि हेर्ने कुरामा करीब ४५ मिनेटको फरक राख्नुहोस् । धेरै टिभि हेर्ने र कम्प्यूटरमा बस्ने काम कम गर्नु होस् । सुत्ुन पहिले कित किताब पढ्ने या संगीत सुन्ने बानी बसाल्नुहोस् । चिया कफी को सेवन कम गर्नु होस् ।  मादक पदार्थ देखि टाढै रहनुहोस् । सुत्नुभन्दा पहिले सन्तुलित भोजन लिने गर्नुहोस् ।

१५.    केही मानिसलाई लाग्न सक्छ कि रात परे पछि सुत्ने त होनी यसले फरक के पर्छ र ? भन्ने लाग्न सक्छ । तर त्यो सोचाई बिल्कुल गलत हो । सुत्न पनि कला चाहिन्छ । आजको निद्राले तपाईंको भोलीलाई समेत प्रभाव पारेको हुन्छ । त्यसैले यस विषयमा विशेष ध्यान दिनु जरुरी छ ।  कहिले काहिँ तपाईले सुन्नु भएकै होला हिँजोको निद्राले गर्दा आज केही काम गर्ने मनै छैन भन्ने गरेको । तपाई स्वयंलाई परेको हुन सक्छ । 

तपाई  Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live