Radio Audio Program

Find us on Facebook

Updates

​पढ्नुहोस् माग्ने बुढाको क्रान्तिकारी प्रेम पत्र ।

असोज काठमाण्डौँ । चलचित्र वडा नम्बर ६ ले राजधानीका दर्शकलाई दोश्रो सातामा पनि हँसाइरहेको छ । कतिपय हलहरु दोश्रो सातामा पनि वडा नम्बर ६ कै दर्शकले भरिएको खबर छ । यो खबरले चलचित्र निर्माण टोली त दंग छ नै । दर्शकहरु पनि टिकटको पैसा भन्दा बढी चलचित्रका पात्र र संवादलाई सम्झीँदै घर पुग्ने गरिरहेका छन् । राजधानीका दर्शकबाट गतिलो माया पाएको वडा नम्बर ६ ले असोज १५ अर्थात आउने शुक्रबारदेखि मोफसलमा पुग्ने तयारी गरेको छ । मोफसलका हलहरुमा पुग्ने तयारी गरिरहँदा त्यहाँका दर्शकहरुमा पनि चलचित्र कस्तो होला भन्ने कौतुहलता र चाख बढीरहेको पाईन्छ । त्यो कौतुहलतालाई अझै बढाउनका लागि चलचित्र वडा नम्बर ६ मा माग्ने बुढाले लेखेको क्रान्तिकारी अनी साहित्यीक प्रेम पत्र सार्वजनिक गरेका छौँ । माग्ने बुढाले तपाईँ हामीले चिनिरहेकै हाँस्य कलाकारलाई नै यो प्रेम पत्र लेखेका हुन्छन् । थाहा पाउन त वडा नम्बर ६ हेर्नुको विकल्प छैन । माग्ने बुढाको क्रान्तिकारी प्रेम पत्र यस्तो छ ।
 
प्रिय, मुटुको छर्रा कमरेड प्रतिज्ञा । मनको भित्री बंकरमा गुम्सीएर बसेको ज्वालामुखि विष्फोट भएको छ । तपाईँको सुन्दरताको एम्बुसमा परी घाईते भएको छ, मेरो मन । तपाईँको मनको प्रहरी चौकीमा मायाको बारुद विष्फोट गराउन चाहान्छु । तपाईँको मन, मष्तिकमा कब्जा जमाई, त्यो साम्राज्यमा अनन्त कालसम्म राज गर्न चाहान्छु । क्रान्तिकारी मायाको पर्खाल नाघि मेरो मनमा अग्रगामी छलाङ मार्ने । तपाईँको मायामा आक्रान्त, कमरेड आक्रान्त ।

तपाई  Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live