Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
सुताईको स्थीतिबाट थाहा पाउनुस् सम्बन्ध बलीयो की कमजोर ?
सम्बन्ध राम्रो होस् भन्ने हामी सबै चाहान्छौँ । जीवनसाथीबीच सुमधुर सम्बन्धमा सानो कुराको पनि ठूलो भूमिका रहन्छ । मिठो मुस्कान, आँखा भिम्क्याई, सद्भावपूर्ण हेराई, केहि उपहारले सम्बन्ध सुमधुर भएको महसुस हुन्छ । तर, कहिले काहिँ त्यहि सानो कुराले नै सम्बन्ध बिग्रीएको महसुस गराउँछ । मन आत्तिन सक्छ । श्रीमान श्रीमतिको सम्बन्ध कस्तो रहिरहेको छ ? त्यो बारेमा मान्छेको सुताईबाट पनि धेरै कुरा थाहा पाउन सकिन्छ । एकदमै नजिक टाँसीएर सुत्नुहुन्छ भने सम्बन्ध नजिक छ, सुमधुर छ, बलीयो छ र खुशि छ भन्ने सहजै बुझ्न सकिन्छ । फेरी टाढीएर सुत्यो भन्दैमा ब्रेकअप हुन लागेको भन्ने निष्कर्षमा पनि पुग्नु हुँदैन । यस्ता गलत बुझाईबाट टाढा रहनका लागि केहि सुताईका स्थिति र त्यसको अर्थबारे थाहा पाईराख्नु राम्रो हुन्छ ।
१. चम्चाजस्तो सुताई
यस्तो सुताईमा श्रीमान श्रीमति दुबै एकैतर्फ फकिएका हुन्छन् । पछाडि रहको व्यक्तिले अंगालोले बेरेको हुन्छ । यसरी सुत्नुले सम्बन्ध दह्रीलो छ भन्ने बुझाउँछ । जोडि नजिक र खुशि छ भन्ने देखाउँछ । एकअर्काबीच माया देखाउन चाहाने कुरा बुझाउँछ । शारिरीक निकटताको चाहानालाई पनि यो सुताईले प्रस्ट गर्छ । यसरी सुत्दा जाडोमा न्यानो हुन्छ । तर, गर्मीको समयमा पसीनाले निथ्रुक्कै हुने भएकाले यसरी अंगालो हालेर टाँसीएर सुत्ने मन नहुन सक्छ ।
२. हेराहेर सुताई
यस्तो सुताईमा जोडी हेराहेर गरेजस्तै गरी सुतेका हुन्छन् । यसले उनीहरुको घनिष्ठतालाई देखाउँछ । तर, बेडमा केहि कुरा गर्न चाहेको संकेतलाई पनि यसले बुझाउँछ । सामान्य रुपमा भन्नु पर्दा यो सुविधाजनक सुताई होईन । दुबैको स्वासको गति फरक हुन सक्छ । तपाईँ आफ्नो मायालुसँगै स्वास लिन चाहानुहुन्छ ।
३. प्रेमपूर्ण सुताई
पुरुष भित्तामा अढेस लागेर बस्छ र महिला पुरुषको कुम वा छातिलाई सिरानी बनाई सुत्छीन् भने त्यो प्रेमपूर्ण सुताई हो । यसले नयाँ सम्बन्धको सुरुवातलाई जनाउँछ । जोडिबीच अझै केहि लाज छ भन्ने संकेत गर्छ । यस्तो स्थीतिको सुताईमा एकजनाले अर्कोको मुटुको चाल सुनिरहेको हुन्छ । उसले एकदमै आनन्दको महसुस गरिरहेको हुन्छ । अर्कोले यस्तो महसुस गर्न पाईरहेको हुँदैन । त्यसमाथि उसको घाँटीलाई पनि असजिलो भइरहेको हुन्छ ।
४. विपरीत सुताई
यस्तो सताईमा फरक दिशातर्फ फर्किएर जोडि सुतेको हुन्छ । उनीहरुको पछाडि पट्टीको भागले भने एक अर्कालाई छोइरहेको हुन्छ । बेलाबखतमा उनीहरुको खुट्टाले पनि एकअर्काको स्पर्श गरिरहेका हुन्छ । यस्तो सुताईले सम्बन्धको विश्वासलाई बुझाउँछ । एकअर्काले सम्बन्धलाई निकै विश्वास गर्छन भन्ने आत्माविश्वासको संकेत हुनसक्छ । सम्बन्ध जोडिएको केहि समय बितिसकेको कुरालाई यसले प्रस्ट्याउँछ । एक अर्काको सुताईको स्थीतिलाई सम्मान गर्छन भन्ने पनि जनाउँछ । टाढीएको महसुस नगरेको राम्रो किनकी यो सुताईलाई धेरैले सजिलो मान्ने गर्छन ।
५. किनारा सुताई
दुबैजना एकअर्काको विपरीत हुन्छन् । दुबै जनाको खाटको दुई किनारातर्फ फर्किएका हुन्छन् । यस्तो सुताईले एकअर्काको व्यक्तिगत ठाउँको सम्मान गर्छन भन्ने बुझाउँछ । आफ्नो रोजाई अनुसारको ओढ्न र नओढ्न सजिलो हुन्छ । यसले व्यक्तिगत स्वतन्त्रतालाई पनि बुझाउँछ । तर, यस्तो सुताईले सम्बन्धलाई निराशातर्फ उन्मुख गराउन सक्छ । भावनात्मक सम्बन्ध पनि टाढा हुन सक्छ ।
अब, सुताईको स्थीति हेरेर आफ्नो सम्बन्धलाई परिभाषित गर्न नखोज्नुहोस् । अनी सबैले एउटै पोजीसनमा सुत्न मन पराउँछन् भन्ने पनि छैन । कतिपय व्यक्ति यी सबै सुताईका स्थीतिहरु एकै रातमा पुरा गरिरहेका पनि हुन सक्छन् । यो विज्ञान होईन । त्यसैले जुन स्थीतिको सुताईले तपाईँलाई बिहान उठ्दा खुशि दिन्छ त्यहि स्थीतिमा निदाउने गर्नहोस् ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment