Radio Audio Program

Find us on Facebook

Updates

​ज्योति मगरको बाहिरी पहिरन हावाले उडायो : गायक प्रकाश कटवाल (भिडियोसहित)

भदौ २०, काठमाण्डौँ । प्रकाश कटवालको डाढे बिरालो बोलको गीतले चर्चा निकै पायो । युट्युबमा सर्वाधिक हेरीएको तिज गीतमध्येमा पनि परिसकेको छ । त्यसो त कटवाल दुई अर्थ लाग्ने र हाँस्यरस मिसीएका गीत गाउन माहिर छन् । उनका अधिकाँस गीतका शब्दले दुई अर्थ दिने गर्छन् ।

डाढे बिरोलोमा चाहिँ दुई अर्थ लाग्ने शब्द त छन् नै त्यो सँगै म्युजिक भिडियोमा मोडेल ज्योति मगरको प्रस्तुती र हाँस्य कलाकार कक्रोज र बलेको संवाद पनि उस्तै छ । त्यसैले गीतलाई कतिपयले अश्लिल भनेर आलोचना गरे भने कतिपयले ज्योतिमगरको दोष नभएको प्रतिक्रिया दिए ।

डाढे बिरालोको चर्चा सेलाउँदै थियो । तर, चलचित्र वडा नम्बर ६ को प्रचारमा पुगेका गायक कटवालले डाढे बिरालोको नाम लिने बित्तिकै हाँस्यकलाकार माग्ने बुढाले ज्योति मगरलाई किन नंग्याएको भनेर सोधि हाले ।

माग्ने बुढाको सवालको जवाफमा प्रकाश कटवालले हल्का रमाईलो गरे । उनले ज्योतिको बाहिरी पहिरन हावाले उडाएकाले भित्रि पहिरनमा मात्र गीत सुटिङ गरेको प्रतिक्रिया दिए । अरु केके भने ? हेर्नुहोस भिडियो ।

तपाई फेसबुकट्वीटर र युट्युब मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live