Radio Audio Program

Find us on Facebook

Updates

'कक्रोज' र 'बले' स्टेजमा चढे, हेर्दा हेर्दै दर्शक हाँसेरै लडे (फोटो फिचर)

फागुन २७, काठमाडौ । बालाजुस्थीत नेपाल राष्ट्रिय बहुमुखी क्याम्पसमा नव आगन्तुक विद्यार्थीहरुको स्वागतार्थमा आयोजित शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम भईरहेको थियो । स्टेजमा एक्कासी हास्य टेलि श्रृखला भद्रगोलका कलाकारहरु आई पुगे, विद्यार्थी छक्क परे । भद्रगोलका 'कक्रोज' र 'बले'ले समाते माईक अनि हसाउन शुरु गरे । 


आज नेपाल विद्यार्थी संघ रसुवा एन आर सम्र्पक समितिले उनीहरुलाई शुभकामना आदान प्रदान कार्यक्रममा बोलाएको हो ।  क्याम्पसको यस्तो कार्यक्रममा सधै भाषण हुनेमा आज चर्चित कलाकारहरुको प्रस्तुती आफ्नै अगाडि हेर्न पाउदा विद्यार्थी , शिक्षक र अविभावक दंग देखिन्थ्ये । 

प्रस्तुतीको क्रममा हरि निरौला 'कक्रोज' र सागर लम्साल 'बले'ले हसाउदै, मनोरन्जन दिदै झाडा पखाला, स्वाईन् फ्लू, इबोला लगायतबाट कसरी सुरक्षीत हुने भन्ने बारे शिक्षा पनि दिए । साथै व्यंग्यात्मक शैलीमा बलेले कक्रोजलाई  जगल्टे भन्दै पशुपतीमा गएर मागेर बस्नु भनेको मात्र के थिए । कक्रोजले जवाफ दिई हाले राम्रो चिटिक्क कपाल पारेर नेता हुनु भन्दा जगल्टे हुनु नै जाती भन्दै नेताहरुलाई ब्यग्य गरे ।


करीब एक घण्टा जति उनीहरु स्टेजमा रहँदा स्थानीय बासिन्दा लगायतका जनसमुदायले क्याम्पस परिसर  भरि भराउ भएको थियो । 

.


  

Post Comment

Radio Audio Live