Radio Audio Program

Find us on Facebook

Updates

चलचित्र जाँच समिति सदस्यमा रंगपत्रकार सन्दिप सापकोटा ।

भदौ १५, काठमाण्डौँ । चलचित्र पत्रकार संघका महासचिव सन्दिप सापकोटा केन्द्रिय चलचित्र जाँच समिति सदस्यमा नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयले सापकोटालाई चलचित्र जाँच समितिको सदस्यमा नियुक्त गरेको हो । लामो समयदेखि रंग पत्रकारीता गर्दै आएका सापकोटा चलचित्र जाँच समितिको सदस्यमा नियुक्त भएपछि चलचित्र पत्रकार संघले उनलाई कार्य सफलताको शुभकामना दिएको छ । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रीयले एक विज्ञप्ति जारी गर्दै सापकोटालाई शुभकामना दिएका हुन् ।

सन्दिप सापकोटालाई वि.सं २०६९ सालमा चलचित्र पत्रकारीता पुरस्कार पनि प्रदान गरिएको थियो । रेडियो एचविसी, रेडियो नेपाल हुँदै उनले नेपाल टेलिभिजनमा पनि चलचित्र सम्बन्धी कार्यक्रमहरु गर्दै आएका थिए ।

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।

Post Comment

Radio Audio Live