Radio Audio Program

Find us on Facebook

Updates

दिपकराज गिरीलाई शुभेच्छुकले यसरी बनाए भालु ? (तस्वीरसहित)

भदौ १३, काठमाण्डौँ । गाईजात्राको महत्व अनेक छन् । मनाउने शैली पनि फरक नै पाईन्छ । हाँस्यकलाकारहरुले विशेष चाडका रुपमा यो पर्वलाई एक सातासम्म नै मनाउँछन् । देशमा भएका विकृत कुराप्रति व्यंग्य वाणहरु यहि चाडमा वर्षीने गरेका छन् । कलाकारहरुले दर्शक हँसाएर दशैँ मनाउने खर्च जुटाउने उपयुक्त समय पनि गाईजात्रा नै हुन पुगेको छ । त्यसैले हाँस्यकलाकारलाई गाईजात्रामा भ्याईनभ्याई छ । पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाईन सर्वत्र चर्चा हाँस्यकलाकार कै छ । यहि चर्चाकाबीच हाँस्यकलाकारहरुले नेता, अभिनेता, कर्मचारी, स्वदेशी, विदेशी सबैप्रति व्यंग्य कसिरहेका छन् । एकसाता भन्दा बढी हाँस्यकलाकारहरु यहि कर्ममा व्यस्त रहन्छन् ।
तर, शुभच्छुकले नै हाँस्यकलाकार दिपाश्री निरौला र दिपा श्रीप्रति व्यंग्य गरेका छन् । दिपाश्री निरौलाले एकाबिहानै गाईजात्राको आफ्ना शुभेच्छुकहरुलाई शुभकामना फेसबुकमार्फत दिईन । रेडियो अडियोले आयोजना गरेको बानेश्वर गाईजात्रामा दर्शकलाई हँसाउँदै र उर्फादै गर्दा उनको फेसबुकमा फोटोसहितको कमेन्ट भेटियो । कमेन्टमा पोस्ट भएको फोटोमा, सधैसँगै देखिने दिपकराज गिरीलाई भालुको स्वरुप देखिएको छन् । दिपाश्रीलाई त्यीनै भालु स्वरुपका दिपकले जुरुक्क बोकेका छन् । साधना निरौलाले दिपाश्री निरौला स्टाटसमा उक्त फोटो पोस्ट गरेकी हुन् । फोटो यस्तो छ ।

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।

Post Comment

Radio Audio Live