Radio Audio Program

Find us on Facebook

Updates

किन रोकियो बिन्दास ३ को प्रोमो २८ घण्टा ? (भिडियोसहित)

भदौ ११, काठमाण्डौँ । बिन्दास ३ फिल्मको प्रोमो रोकिनुको कारण त्यसमा समावेश दृश्य नभएको पुष्टि भएको छ । बिन्दास र बिन्दास २ मानवी फिल्म्स्को ब्यानरमा निर्माण भएको र बिन्दास ३ शुभेच्छा इन्टरटेनमेन्टबाट निर्माण भएकाले युट्युबले रोकेको बुझिएको छ । चलचित्रको हिजो सार्वजनिक प्रोमो अश्लील दृश्यका कारण रोकिएको हल्ला चले पनि त्यो सत्य नभएको चलचित्रका निर्देशक राजु गिरीले जानकारी दिएका छन् । फरक ब्यानरबाट सिक्वेल फिल्मको प्रोमो हालीएकाले युट्युबले हटाएको हुन सक्ने उनको भनाई छ ।
 बिन्दास फिल्ममा युट्युबले सेन्सर गर्नुपर्ने जस्ता दृश्यहरु नभएको पनि उनले स्पष्ट गरेका छन् । कागजपत्रहरु मिलाएपछि फेरी भिडियो उपलब्ध भएको उनले बताएका छन् । स्क्यान्डलका लागि गरिएको हो की भन्ने एरेडियो अडियोको प्रश्नमा उनले भने, राजु गिरी भन्ने बित्तीकै स्क्याण्डल मच्चाउन माहिर भन्ने मानसीकता रहेकाले पनि यस्तो सोचीएको हुनसक्छ । तर, बाघले बाख्रा लग्यो भनेर जिस्काउँदा साँच्चीकै लगेको अवस्था हो । युट्युबले भिडियो हटाईदिँदा आफैँलाई घाटा भएको उनको दाबी छ ।
उत्श्रृंखल फिल्महरु बन्ने क्रम घट्दै जाँदा फेरी बढुवा दिन बिन्दास ३ ल्याउनुभएको भन्ने प्रश्नलाई उनले नकारे । फिल्ममा सन्देश दिन खोजीएको उनी जिकिर गर्छन । बिन्दास ३ ले साचो माया गर्नेले शारिरीक सम्र्पक गर्न कर गर्दैन । तर साचो माया नगर्नेको ध्यान यौन सम्पर्क राख्नुमै हुन्छ भनेर सचेत गराउने उनी बताउँछन् । चलचित्रले यौन सम्बन्ध पछि प्रेममा फाटो आउँदा हुने परिणामलाई देखाएको निर्देशक गिरीले जानकारी दिए । हेर्नुहोस बिन्दास ३ को प्रोमो ।

 

Post Comment

Radio Audio Live