Radio Audio Program

Find us on Facebook

Updates

सामाजिक सद्भावका लागि हेर्नै पर्ने गीत ।

भदौ १०, काठमाण्डौँ । कैलाली घटनाले दश स्तब्ध छ । जातिय हिंसा भड्कीने भय पैदा भएको छ । यो समयमा संयमता अपनाउनका लागि नेताहरुले आग्रह गरिरहेका छन् । संविधानका विवादित विषयले नयाँ उल्झनहरु पैदा भएका छन् ।

सामाजिक सद्भावको आवश्यकता महसुस भएको छ । यस्तो अवस्थामा गीतकार लोकराज अधिकारीको सद्भावयुक्त गीत सार्वजनिक भएको छ । गीतका शब्द यस्ता छन् ।


नाक थेप्चो र चुच्चो भएर के भो
कद होचो वा अग्लो भएर के भो
देख्ने सपना त एउटै हो हाम्रो
टेक्ने धर्ती पनि त एउटै हो हाम्रो
सबैको साझा नेपाल घर हो
नेपाल मेरो घर हो
नेपाली मेरो थर हो ।
टोपी लगाउने र नलगाउनेको मन
टुप्पी बाट्ने र काट्नेको त्यो मन
खै के फरक छ र ? समानै त छ नी
दुई दिने जीवन यस्तै त हो नी


शिव परियार र पूर्ण नेपालीको स्वर रहेको गीतमा पूर्ण नेपालीले संगीत भरेका छन् । गीतकार अधिकारीको यो गीत म्युजिक खबर अवार्डको उत्कृष्ट राष्ट्रिय भावको गीतमा नोमिनेशन भएको छ । उक्त गीत मन परेको खण्डमा MKA स्पेश 005 लेखेर ४२४३ मा पठाउन सकिनेछ । (हेर्नुहोस भिडियो)

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।

Post Comment

Radio Audio Live