Happy

Radio Audio Program

Find us on Facebook

Updates

आफ्नो विकीनी अवतारका बारेमा के भन्छीन् आलिया ।

साउन, काठमाण्डौ
बलिउड अभिनेत्री आलिया फिल्म शानदारमा विकीनी अवतारमा देखा परेकी छिन् । आलिया यो भन्दा पहिले पनि डेब्यु फिल्म स्टुडेन्ट अफर ईअरमा पनि विकिनीमा देखिएकी थिईन् । विकिनीमा आलिया निकै नै सुन्दर र हट देखिएकी छिन् । फिल्मको टे«लर रिलिज भए पछि आलियाको विकिनी अवतारको चर्चा खुबै भएको छ । साथसाथै फिल्मको ट्रेलर मन नपराउने सायदै काहि होलान् ।


आफ्नो हट विकिनी अवतारको बारेमा आलिया आफै भन्छीन्  "मैले यो फिगर पाउनको लागि धेरै मिहिनेत गरेकी छु ।  शाहिद र म दुवै सधै जिम जान्थ्यौ अनि त्यहि अनुसारको खाना पनि खान्थ्यौ । लागिरहेको थियो कि विकीनी सिन गर्नु  पर्छ तर यति खास हुन्छ भन्ने चाहि थाहा थिएन । मेरो मिहिनेत देखेर बिकास (फिल्मनिर्देशक) प्रभावीत हुनुभयो र फिल्ममा विकिनी सिन राख्ने कुरा सोच्नुभयो । म खुसी छु फिल्ममा मेरो विकिनी सिनलाई सबैले मन पराएका छन् । "

शानदारमा शाहिद कपुरका पिता र बहिनी अनि संजय कपुरको पनि अभिनय रहेको छ । आलियालाई डेब्यु गराएका निर्माता करण जोहर फेन्टम फिल्मस र धर्मा प्रोडक्सनको फिल्म शानदार अक्टोवर २२ मा रिलिज हुदैछ । 

 समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् । 

Post Comment

Radio Audio Live