Happy

Radio Audio Program

Find us on Facebook

Updates

एक दर्जन उखान टुक्का पढ्नुहोस मज्जाले हाँस्नुहोस ।

असोज, काठमाण्डौ
नेपाली समाजमा धेरै यस्ता उखान टुक्काहरु छन् जसले हाम्रो जिब्रोमा बास लिएका छन् । कहिले काही हामी त्यस्ता उखान टुक्काहरु थाहा भएसम्म भन्न पछि पर्दैनौ । हामीले धेरै प्रयोग गर्ने बोल्ने उखानटुक्काहरुमा हुने हार दैव नटार, जस्तालाई त्यस्तै ढेडालाई निस्तै,चकचकले गाल पार्छ घुसघुसेले ताल पार्छ, नजानी गाउँको बाटै नसोध्नु आदि ईत्यादी । तर धेरै यस्ता उखानटुक्काहरु पनि छन् हामीले धेरै प्रयोग गर्दैनौ तर सुन्दा र पढ्दा भने निकै रमाईलो लाग्छ । आज हामी तपाँईलाई केहि नेपाली उखान टुक्काहरु बताउँदैछौ जसलाई पढ्नुस् र मज्जाले हास्नुस पनि ।

१ मित ज्युलाई मैले एक मुरी धान सित्तै दिए,मित ज्युले मलाई गोरु सित्तै दिए ।

 

२ खानमा घिन नमान्नु ,कुरा गर्न लाज नमान्नु ।

 

३ खानेबेला डाडा गाउँ, सुत्ने बेला पाँडेगाउ ।

 

४ बरु ढुटो खानु झुटो नबोल्नु ।

 

५ बलेको आगो नतापी निभेको आगो को ताप्छ ।

 

६ निकी निकी भन्दा भन्दै तातै भात झिकी ।

 

७ निकी भनेकी बुहारी ओछ्यान मुतुवी ।

 

८ नार्मदकी जोई हुनुभन्दा मर्दकी कुमारी हुनु जाती ।

 

९ दुध नभएर मिठो खाए भन्नु र स्वास्नी नभएर सुख पाए भन्नु  । 

 

१० थाङनालाई कुटी भाक्क भुक्क ।

 

११ नकटीको झुम्के बुलाकी ।

 

१२ दुलाहा मरोस्, दुलही मरोस्, दक्षीणको काम ।

तपाई  FacebookTwitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ । 

Post Comment

Radio Audio Live